पूर्वाञ्चल खबर
डाक्टरको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै आफन्तहरूले प्रदर्शन गरेपछि अस्पताल तनावग्रस्त बनेको हो ।
दमक–६ का ७५ वर्षीया सीतादेवी शाहको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएपछि मृतकका परिवार र आफन्तले बुधबार रातिसम्म प्रदर्शन गरेका हुन् । पाँच दिनअघि पेट दुखाईका कारण अस्पतालमा भर्ना भएकी शाहलाई बुधबार दिउँसो सिटी स्क्यान गर्नका लागि लाईफलाइनले बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको थियो ।
सघन उपचार कक्षमा उपचाररत शाहलाई सिटीस्क्यान गरेर पुनः उपचार कक्षमा ल्याउन साथ श्वासप्रश्वासमा समस्या आएको थियो । शाहको अकस्तमात हृदयघात भएको अस्पतालले जनाएको छ ।
मृतकका छोरा वीरेन्द्रले श्वासप्रश्वासमा समस्या आउनसाथ अक्सिजन लगाएर उपचार गर्न छाडेर आधा घण्टा त्यतिकै राख्दा आफ्नी आमाको मृत्यु भएको बताउनुभयो । स्वास्थ्यकर्मीको चरम लापरवाही भएर आमाले अकालमा ज्यान गुमाउनु परेको उहाँको गुनासो छ । विरामीको हृदयाघातबाट निधन भएको अस्पतालका मेडिकल अधिकृत डाक्टर राजु शाहले जानकार िदिए ।
आज बिहान मृतकका परिवार र अस्पताल प्रशासनबीच सहमति भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । के सहमति भयो भन्ने नखुलेको भएपनि आर्थिक लेनदेनको सहमतिपछि मृतकको शव उठेको स्रोतको दावी छ ।