RUMPUM
animated ellipse animated ellipse

आगामी महाधिवेशनवाट नेतृत्व परिवर्तन हुन्छ– महामन्त्री कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ आश्विन २०७५, बिहीबार २०:५३
3
Shares
फाइल तस्वीर
विराटनगर / पार्टीको वर्तमान केन्द्रीय नेतृत्व आगामी महाधिवेशनवाट परिवर्तन गर्न सकिने नेपाली काँग्रेसका महामन्त्री शंसाक कोइरालाले वताए ।

आज साँझ विराटनगर आएका महामन्त्री कोइराला विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसको आगामी दुई वर्ष पछि हुने महाधिवेशनपछस् वर्तमान सभापति शेरवहादुर देउवाले विश्राम लिनु पर्ने धारणा व्यक्त गरे । महामन्त्री कोइरालाले गत संसदीय र स्थानीय निर्वाचन पार्टी पराजित हुनुमा अन्तरघात, तिक्तता,गुट उपगुट मु्ख्य कारण रहेको वताउँदै यसको जिम्मेवारी नेतृत्वलगायत केन्द्रीय समितिका सवैले लिनु पर्ने प्रष्ट समेत पारे ।

महामन्त्री कोइरालाले परिवारबाट नेतृत्वका लागि एउटै उम्मेदवार हुने दोर्होयाए । ‘को उम्मेदवार हुने भन्ने पछिको कुरा हो’, कोइरालाले भने, ‘महाधिवेशन नै दुई वर्षपछि छ । को उम्मेदवार भन्ने अहिले केही टुङ्गो छैन।’ कोइराला परिवारवाट सभापति उठने कुराको कुनै निर्णय नभएको चर्चा गर्दै परिवार वाहिरका जिम्मेवार नेता समेत छलफल र सहमती वीच सभापतिको उम्मेवार हुन सक्ने विचार व्यक्त गरे ।

पार्टीको भावी सभापतिको अधिकार र कार्यशैलीलाई चेक एन्ड ब्यालेन्स गर्न सक्ने गरी विधान निर्माण गरिनु पर्ने उनको आग्रह छ । ‘दुई कुरा आएका छन्, कसैले भन्नुहुन्छ– सभापतिलाई स्ट्रोङ बनाऊँ’, कोइरालाले भने, ‘कसैको विचार सामूहिक नेतृत्वबाटै जाऊँ भन्ने छ । दुवै कुराका गुण र अवगुण छन् । सभापतिलाई मात्र सवै अधिकार दियो भने पेलेर लैजाने प्रवृत्ति बढ्छ । त्यसैले सभापति र केन्द्रीय समिति दुवैलाई बलियो बनाऊँ भन्ने मेरो धारणा छ ।’

उनले थपे, ‘हामीले राणा हटायौँ, राजा हटायौँ । पार्टी्भित्र पनि एक्लै कसैले शासन गर्ने होइन र गर्नु हुँदैन । महामन्त्री कोइरालाले निर्मला हत्या मात्र होइन वढ्दो महंगी,करको वृद्धि, शान्ति सुरक्षा कमीवाट जनता पीडित भएको वताउँदै यस सम्वन्धमा काँग्रेसले सदनदेखि सडकसम्मको विरोध कार्यक्रम गरी सरकारलाई सचेत गराएको दावी गरे । एक प्रश्नको जवाफमा उनले मुलुक विखण्डन कार्यमा संलग्न समूह वा व्यक्तिलाई कांग्रेसले कुनै पनि हालतमा समर्थन नगर्ने वताउँदै मुलुक टुक्राउने जोकोही भएपनि कानून अनुसार सरकाले कारवाही गर्नु पर्ने बताए ।

महामन्त्री कोइरालाले काँग्रेस अनुशासन समितिमा जिम्मेवार न्याय दिने व्यक्तिलाई राखी अनुशासन उल्लघन गर्ने माथि कारवाही गर्न खुट्टा कमाउनु हुदैन भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर