RUMPUM
animated ellipse animated ellipse

जनप्रतिनिधिलाई ठेकेदार नबन्न मुख्यमन्त्री राईको आग्रह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ आश्विन २०७५, बिहीबार ०७:०९
3
Shares
प्रदेश समन्वय परिषद्को प्रथम बैठकको उद्घाटन गर्दैै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई । तस्वीर : पुष्पराज थपलिया
विराटनगर /प्रदेश सरकार र स्थानीय तहबीच देखिएको समन्वय अभावलाई समाधान गर्न पहिलो प्रदेश समन्वय परिषद्को बैठक विराटनगरमा बसेको छ।

बैठकमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्रीले सम्बोधन गर्दै स्थानीय तहका जनप्रतिनिधिहरू मालिक जस्तो बन्न खोजेको भन्दै त्यस्तो गल्ती जानेर वा नजानेर पनि नगर्न आग्रह गरे। मुख्यमन्त्री राईले अधिकार हातमा आयो भन्दैमा जथाभावी गर्ने म्यान्डेट जनताले कसैलाई नदिएको भन्दै गम्भीर बन्न जनप्रतिनिधिलाई निर्देशन पनि दिए।

जनप्रतिनिधि आफैँ ठेकेदार बनेको र आफैँले डोजर किनेर आफैँ मालिक जस्तो बनेको टिप्पणी बाहिर धेरै आउन थालेको छ’, मुख्यमन्त्री राईले भने, ‘अधिकार प्रयोगको अभ्यास गर्दा जनताको स्वार्थलाई र जनताको हितलाई केन्द्रमा राखेर सुशासन र अधिकारको प्रत्यक्ष अनूभूति दिलाउने हिसावले काम गर्न म आग्रह गर्छु।’

मुख्यमन्त्री राईले प्रदेश सरकारका संरचना स्थापना नहुँदा प्रभावकारी
रुपम काम गर्न नपाएको बताएँदै ुंघीयताको व्यवहारीक अभ्यासमा अनरोध भइरहेको गनासो गरे । प्राप्त भएका अधिकारलाई समुचित श्रपमा प्रयोग गर्दै विकाश र समृद्धिको यात्रामा जाने जिम्मेवारी तीन तहकै सरकारको भएको उनको भनाई थियो । यो समाचार आजको जनविद्रोह दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर