पूर्वाञ्चल खबर
बैठकमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्रीले सम्बोधन गर्दै स्थानीय तहका जनप्रतिनिधिहरू मालिक जस्तो बन्न खोजेको भन्दै त्यस्तो गल्ती जानेर वा नजानेर पनि नगर्न आग्रह गरे। मुख्यमन्त्री राईले अधिकार हातमा आयो भन्दैमा जथाभावी गर्ने म्यान्डेट जनताले कसैलाई नदिएको भन्दै गम्भीर बन्न जनप्रतिनिधिलाई निर्देशन पनि दिए।
जनप्रतिनिधि आफैँ ठेकेदार बनेको र आफैँले डोजर किनेर आफैँ मालिक जस्तो बनेको टिप्पणी बाहिर धेरै आउन थालेको छ’, मुख्यमन्त्री राईले भने, ‘अधिकार प्रयोगको अभ्यास गर्दा जनताको स्वार्थलाई र जनताको हितलाई केन्द्रमा राखेर सुशासन र अधिकारको प्रत्यक्ष अनूभूति दिलाउने हिसावले काम गर्न म आग्रह गर्छु।’
मुख्यमन्त्री राईले प्रदेश सरकारका संरचना स्थापना नहुँदा प्रभावकारी
रुपम काम गर्न नपाएको बताएँदै ुंघीयताको व्यवहारीक अभ्यासमा अनरोध भइरहेको गनासो गरे । प्राप्त भएका अधिकारलाई समुचित श्रपमा प्रयोग गर्दै विकाश र समृद्धिको यात्रामा जाने जिम्मेवारी तीन तहकै सरकारको भएको उनको भनाई थियो । यो समाचार आजको जनविद्रोह दैनिकमा छापिएको छ ।