पूर्वाञ्चल खबर
प्रदेश समन्वय परिषद्को प्रथम बैठकको आज विराटनगरमा उद्घाटन गर्दैै मुख्यमन्त्री राईले संघिय सरकारबाट आउने संघिय सरचना संघियताको भावना अनुसार मेल हुुनेगरी आउनुु पर्ने बताए । उनले एक नम्बर प्रदेशलाई समृद्धी र सुुखी प्रदेश बनाउने अभियानमा सरकारले लागेको भन्दै संघिय, प्रदेश र स्थायिन तिनैतह विच सहकार्य आवश्यक रहेको बताए । मुख्यमन्त्री राईले जनताको भावनासंग जोडिएर जनप्रतिनिधिहरुले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली बन्न कुनै समय नलाग्ने बताए ।
प्रदेश नं.१ अन्तर्गत १४ जिल्लाका १३७ स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका संयोजक एवं सहसंयोजकहरु सहभागी रहेको सो कार्यक्रममा प्रदेश समन्वय परिषद्को बैठक सम्बन्धी कार्यविधि, २०७५ को मस्यौदा, परिषद्को अधिकार क्षेत्रको बिषय र आवश्यक देखिएका अन्य समसामयिक बिषयहरुमा छलफल भएको थियो ।