RUMPUM
animated ellipse animated ellipse

गोटा गन्ती मिटर रिडिङ्ग आन्दोलित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ आश्विन २०७५, बुधबार १६:५७
36
Shares
विराटनगर / मिटर रिडर संघर्ष समितिले ज्यालादरी स्वसरह जागिर हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले विराटनगरस्थित नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालयमा एक शुत्रिय माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । झापा, मोरङ र सुनसरीका मिटर रिडिङ गर्ने मजदुरहरुले एक सुत्रिए माग पुरा नभएको भन्दै मंगलबारदेखि तीन जिल्लाका १ सय ५५ जना मिटर रिडिङ्ग गर्नेहरु क्षेत्रिय कार्यालयमा आएर आन्दोलनमा उत्रिनु परेको संघर्ष समिकिो महासचिब पदमबहादुर घिमिरले जानकारी दिए । ‘हामीले प्रत्येक घरमा गएर गोटा गन्ती रुपमा मिटर रिडिङ्ग गरेको वर्षौ भयो,’ उनले भने,‘ज्यालादारी स्वसरह जागिर हुन माग गरिम् । अहिलेसम्म हाम्रो माग पुरा भएन् । बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको छ,’ संघर्षसमितिको महासचिब घिमिरेले भने ।

घर गोटागन्ती अनुसार मिटर रिडिङ्ग गर्दा परिवार पाल्न गाह्रो भयो,’ मिटर रिडिङ्ग गर्दै आएको होम खरेलले भने, ‘वर्षै काम गर्दा पनि ज्यालादारी स्वसरह हाम्रो जागिर भएन् । श्रम ऐनले तोके अनुसारको काम गरे अनुसारको दैनिक ज्याला दिनुपर्दछ ।’

ज्यालादारी स्वसर गोटा गन्ती मिटर रिडिङ्गको जागिर कायम नभएसम्म चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने उनीहरुको भनाई छ । आन्दोलन बुधबार समेत जारी रहेको उनीहरुले बताए । पहिलो चरणको आन्दोलन अन्तर्गत शान्तिपूर्ण रुपमा गरेको महासचिब घमिरेले बताए । पहिलो चरणको आन्दोलनबाट हाम्रो माग पूरा नभए दोस्रो चरणको सशत्त आन्दोलन गर्न बाध्य हुने उनले चेतवनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर