AArya
RUMPUM
animated ellipse animated ellipse

अवैध सम्बन्धको पोल खुल्ने डरले जेठानीको हत्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ आश्विन २०७५, बुधबार ०६:५३
3
Shares
जनकपुर /वैद्य सम्बन्धको पोल खुल्ने डरले देवरानीले जेठानीको हत्या गरेकी छन् । हंसपुरनगरपालिका–८ रामनगराकी २८ वर्षीया सञ्जुदेवी मण्डल असोज ३ गते राति कोठामा मृत्य फेला परेकी थिइन् ।

प्रहरीले घटनाबारे जानकारी पाएपछि असोज ४ गते घटनास्थल पुगेर शव पोष्टमार्टका लागि जनकपुर अञ्चल अस्पताल पठाएको थियो। अनुसन्धानक्रममा मृतक मण्डलको देवरानी २४ वर्षीया बिकाकुमारी मण्डल र स्थानीय २७ वर्षीय लालबाबु मण्डलले घाँटी थिचेर हत्या गरेको खुलेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए।

घटनामा संलग्न दुवैजनालाई असोज ११ गते पक्राउ गरी जिल्ला अदालत धनुषाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। प्रहरीले सञ्जुको घाँटी थिच्न प्रयोग गरिएको पन्जासमेत बरामद गरेको छ। पक्राउ परेका दुवैले घटनामा संलग्नता भएको स्वीकार गरेका छन् ।

मृतक सन्जु र बिकाका श्रीमान् वैदेशिक रोजगारका लागि खाडी मुलुकमा छन्। बिका र लालबाबुको अवैद्य सम्बन्धबारे सञ्जुले टोल छिमेकमा जानकारी समेत गराएकी थिइन्। यही विषयलाई लिएर देवरानी जेठानीबीच पटकपटक झगडा हुने गरेको स्थानीयले बताए घटना भएको राति समेत सञ्जुले देवरानीलाई लालबाबुको साथमा देखेको छिमेकीलाई बताएकी थिइन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर