RUMPUM
animated ellipse animated ellipse

जनतालाई सुरक्षाको अनुभूति प्रदान गरिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ आश्विन २०७५, मंगलवार २१:०१
3
Shares
विराटनगर / नेपालीको महान चाँड वडा दशैमा सर्वसाधारण सुरक्षाको अनुभूति प्रदान गर्न प्रदेश नं १ मा सुरक्षा व्यवस्था थप सुद्धिढ बनाउने उदेश्यले आज प्रदेश स्तरीय सुरक्षा गोष्ठीको आयोजना गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आयोजित गोष्ठिमा प्रदेशको १४ वटै जिल्लाको सुरक्षा व्यवस्था थप सुद्धिढ वनाई जनतालाई सुरक्षाको अनुभूति प्रदान गर्नु गोष्ठीको उद्देश्य रहेको छ ।

आसन्न दशै तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दे सुरक्षा रणनीति तयार गर्ने ,अपराध तथा लागु औषध नियन्त्रण साथै सीमा नाकामा सुरक्षा व्यवस्था थप सुद्धिढ वनाउने र प्रदेश सरकारले गरेको कामलाई जनतासंग सहज रुपले पु¥याउने विषयमा गोष्ठिमा छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

गोष्ठीमा प्रदेशका मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, चौध जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुख, नेपाली सेनाका पूर्वी पृतनापती तथा प्रदेशका सशत्र , नेपाल प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर