पूर्वाञ्चल खबर
प्रहरीले २० वर्षिय महोम्मद सद्दिन हुेसन, २१ वर्षिय महोम्मद आरिफ आलमलाई पक्राउ गरेको हो । मोरङ प्रहरीले हत्याका आरोपीहरुलाई आज पत्रकार सम्मेलन गरि सार्वजानिक गर्दै अपहरण परेको नाटक मञ्चन गरि पैसाको लागि उनकै साथीबाट हत्या गरेको बताएको छ ।
असोज १ गते घरबाट निस्किएका अस्फाकको हत्या सोही दिन राती भएको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए । हत्या गर्नुको मुख्य कारण भनेको अपहरण परेको नाटक मञ्चन गरि मृतकको परिवारबाट पैसाँ असुली गर्ने अहिलेसम्मको प्रारम्भिक अनुसन्धनबाट देखिएको एसपी केसीले बताए ।
‘हत्या गरेपछि मृतकको मोवाइल प्रयोग गरि एमएस गरि उनका बुवा मोहमद खलिललाई फिरौति सुरुमा ५० लाख रुपैयाँ माग गरिएको देखियो,’ एसपी केसीले भने, ‘त्यसपछि पटक–पटक फिरौति रकम माग गर्दै गए । अत्यमा पाँच लाखसम्ममा कुरा मिलाउने उनीहरुको योजना देखियो । अपहरणमा परेको विश्वास दिलाउन अभियुक्तहरुले मृतकले लगाएको पेन्ट सिमेन्टको बोरामा हालेर घरमा समेत पु¥याएको भेटियो,’ एसपी केसीले भने । प्रहरीले शव असोज ७ गते फेला पारेपछि मृतकका परिवारलाई एसएमएस गर्न उनीहरुले छोडेका थिए । शव फेला परेको एक सातापछि हत्याको आरोपीलाई पक्राउ गरि प्रहरीले सार्वजानिक गरेको हो ।
अस्फाकको विराटनगर– १४ र १७ नम्बर वडाको सिमानामा रहेको ‘होम पाईप’ भित्र असोज ७ गते लास दुर्गन्घित अवस्थामा फेला पारेको थियो । उनको औला किरा परेका,े टाउको शरीरबाट छुट्टिएको, टाउकोको मांशपेशीहरू सडि गलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यसरी भयो हत्या

असोज १ गते साँझ विश्वकर्मा पुजाको दिन हराएका ब्यक्ति अस्फाकसँग विराटनगर १८ को २ नम्बर ढाट नजिक दुई जनाको भेट भयो । तीनै जना भएर नजिककै एक होटलमा बसे । उनीहरु होटलमा मादक पद्धार्थ सेवन गरे र तीनै जना त्यहाँबाट हिँडेका थिए । सबैभन्दा बढी मधिरा अस्फाकलाई उनीहरुले खुवाए । त्यहाँबाट मण्ट्रापोखरीको बाटो हुँदै गएका उनीहरु बिराटनगर महानगरपालिका १८ हुँदै बुधनगर जानेबाटो अघि बढे । त्यहाँ मोहम्मद सद्दिम हुसेन र मोहम्मद आरिफ आलमले आलमलाई ढुङ्गा प्रहार गरे । उनी त्यही ढले । ‘अस्फाकलाई ढुङ्गा प्रहार गरेर बेहोस मात्र पर्ने र सिमापारी लगेर राख्ने योजना घटनाको मुख्य अभियुक्त सद्दिम हुेसेनले बुनेका थिए,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘घटना स्थलमै मृत्यु भएपछि लाशलाई व्यवस्थापन गरि उनका परिवारलाई अपहरणमा परेको नाटक देखाएर फिरौति माग्ने योजना बुने ।’
बिहानको तीन बजे लासलाई हम पाइपमा भित्र हाले
घटना स्थलमै अस्फाकको मृत्यु भएपछि उनीहरुलाई शव व्यवस्थापन गर्न समस्या भयो । दुवै जनाले जुक्ति निकाले राती घटना भएको छेउ जाँस्कीमा लुकाउने र विहानको राती जिसमिसैमा शव व्यवस्थापन गर्ने योजना बुने । असोज १ गते राती दुवै जना घरतर्फ लागे । सोही दिनको विहान ३ बजे २ वटा बोरा बोकेर घटना स्थलमा आए । पटुवाको बोरामा शव हाले र सिमेन्टको बोरमा अस्फाकले लगाएको पैन्ट हाले । शवलाई विहानको राती नै विराटनगर १८ हुँदै बुधनगर जानेबाटाको हमपाइल भित्र हाले । दुवै तिर परालले हमपाइलको मुख बन्द गरेपछि शव बिचमा रहेको थियो । त्यसपछि अस्फाक अपरणमा परेको भन्दी अभियुत्तहरुले फिरौती रकम माग गरेका थिए ।