AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको आरोहण गुरुकुलमा एक चिहान नाटकको सफल मञ्चन(फोटो फिचर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ आश्विन २०७५, शनिबार २०:०२
27
Shares
विराटनगर/ विराटनगरको आरोहण गुरुकुलमा चर्चित उपन्यास एक चिहानमा आधारित नाटक एक चिहान मञ्चन हाउसफुलका साथ मञ्चन भैरहेको छ । हामी युवाको अयोजनामा स्वर्गीय उपन्यासकार ह्दयचन्द्र सिंह प्रधानद्धारा लिखित उपन्यास एक चिहानको नाट्य रुपान्तर गरी मञ्चन सुरु गरिएको हो ।

असोज ६ गतेदेखि सुरु भएको नाटक १६ गते सम्म मञ्चन हुने निर्देशक मुकेश कर्णले जानकारी दिए । शुक्रबार एक दिनमा ५ शो नाटक मञ्चन गरएिको निर्देशक कण बताए । अहिले हामिले स्कूल तथा कलेजका लागि अतिरिक्त शो गरेको उनले जानकारी दिए । आज शनिबार ८ दिन सम्म विराटनगर तथा आसपासका १९ भन्द्या बढी स्कूल तथा कलेजका विद्यार्थीहरुल्े अतिरिक्त शो गरेका नाटक हेरेको कर्णले जानकारी दिए ।

स्व. उपन्यासकार ह्दयचन्द्र सिंह प्रधानद्धारा लिखित चर्चित उपन्यास एक चिहान कक्षा ११ र १२ को पाठ्यक्रम पनि समाबेश छ । पहाडी गरिबी परिबेसमा रहेको नेवार परिवारले भोग्नु परेका समस्या र अफ्ठयाराहरुका बारेमा ब्याख्या गरिएको छ ।

मुकेश कर्णले निर्देशन गरेको नाटकमा देबेन्द्र यादव, सुरेश मण्डल, अश्मिना भट्टा कर्ण, उद्धव सापकोटा, राजेश ढकाल, राम राजबंशी, अनु श्रेष्ठ, समिक्षा कार्की, बिकास पराजुली, प्रेम दाहाल, सुबास बिष्ट र भरत कार्कीले अभिनय गरेका छन् । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर