animated ellipse animated ellipse

दर्शकको मायाले गर्दा अर्काे नाटक गर्न उत्साहित भएका छौ : निर्देशक कर्ण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ आश्विन २०७५, शनिबार १७:२४
63
Shares
असोज ६ गतेदेखि मञ्चन सुरु भएको एक चिहान नाटकका निर्देशक मुकेश कर्ण आरोहण गुरुकुल विराटनगरका पहिलो ब्याचका विद्यार्थी पनि हुन् । अभिनय सँगसँगै गोपालप्रसाद रिमालद्धारा लिखित ‘मसान’ नाटक मार्फत निर्देशनको यात्रा सुरु गरेका कर्णसँग गरिएको सम्बादको संक्षिप्त अंश

नाटक मञ्चन कस्तो हुदैछ ?

गत शनिवारदेखि मञ्चन सुरु भएको नाटक हेर्न दर्शकहरुको उल्लेख्य सहभागिता छ । नाटकमा हामीले सोचे भन्दाबढी दर्शकहरु सहभागी भैरहनु भएको छ । मञ्चन सुरुभएदेखि नै दर्शकहरुको चापले गर्दा अतिरक्ति समय मिलाएर पनि नाटक मञ्चन गरीरहेका छौ । हामीले शुक्रवार एकै दिन पाँच पटक मञ्चन ग¥र्याै । सम्भवत गुरुकुल विराटनगरमा एकैदिन पाँच पटक मञ्चन भएको नाटक एक चिहान नै हो ।

नाटक मञ्चनकालागि उपन्यास एक चिहानलाई नै किन रोज्नुभयो ?

एक चिहान नाटक ६०–६५ बर्ष अघि लेखिएको भएपनि नेपाली समाजमा अझै सान्दर्भिक छ । नाटकले बर्षाै पहिले उठाएको अवस्थ अझै नेपाली समाज छ । समय सान्दर्भिक र विद्यालय स्तरमा पनि अध्यापन हुने भएकाले पनि हामीले एक चिहान उपन्यासलाई रोजेका हौं । हामीले खासमा विद्यार्थीहरुमा नाटक प्रतिको अभिरुची जगाउनपनि पाठ्यपुस्तकमा आधारित उपन्यासलाई रोजेका हौं । विराटनगर रंगमञ्चको उद्गम स्थल पनि हो । हामीस“ग नाटक मञ्चन गर्ने सुविधा सम्पन्न भवन पनि छ । तर नाटक नियमित मञ्चन नहुदा दर्शकहरुको उपस्थीति पनि कम छ । नियमित नाटक मञ्चन गर्दै नाटक हेर्ने बानीको बिकाश गर्नकालागि चर्चित उपन्यासलाई रोजिएको हो ।

दर्शकको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

नाटक हेर्न आउने दर्शकले असध्यै राम्रो प्रतिक्रिया दिनु भएको छ । दर्शकको प्रतिक्रियाका कारण फेरीपनि नया“ नाटक मञ्चन गर्न थप उर्जा मिलेको छ । नाटक हेर्न आउने विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले पाठ्यक्रममा समावेश भएका कारण उपन्यास पढन र बुझन सजिलो भएको प्रतिक्रिया दिनु भएको छ । कलाकारहरुले दिनरात नभनी गरेको मेहनतको प्रशंसा गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. धेरै राम्रो छ नाट्क मैले पनि हेरेको क्लेज बाट लग्नु भएको थिओ

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर