पूर्वाञ्चल खबर
युनियनको आज विराटनगरमा आयोजित आठौं अधिवेशन तथा पुरस्कार वितरण समारोहकाबीच ५ जनालाई पुरस्कृत गरिएको हो । सो अवसरमा विराटनगरबाट पत्रकारिता गर्दै आएकी सुशिला पाठकलाई ११ हजार १ सय राशिको अम्बे महिला पत्रकारिता पुरस्कार र रंजिता पोखरेललाई सोहि रकम बराबरको शैलजा आचार्य महिला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यसैगरि उर्लाबारीका पत्रकार मदनबाबु प्रसाइलाई ११ हजार १ सय राशिको शैलजा आचार्य अग्रज पत्रकारिता पुरस्कार,बेलबारीका पत्रकार नरेन्द्र बस्नेतलाई सोहि रकम बराबरको शैलजा आचार्य यूवा पत्रकारिता पुरस्कार तथा पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारीलाई ११ हजार राशीको रमाप्रसाद मायादेवि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले पुरस्कृत पत्रकारहरुलाई दोसल्ला,सम्मानपत्र र नगद सहित पुरस्कृत गरे । सो अवसरमा बोल्दै ढुंगाना तथा अर्का नेता नबिन्द्रराज जोशीलगायतका नेताहरुले वर्तमान सरकार दुई तिहाईको दम्भमा अधिनायकबादतर्फ उन्मुख भएको दाबी गर्दै नेपाली कांग्रेस सहित नेपाल प्रेस युनियनको भुमिकालाई थप शसक्त बनाइनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पत्रकार शेखर रेग्मी, सुनिल पोखरेल, ब्रम्हदेव यादव, कौशल निरौला र प्रशान्त निरौलालाई सम्मान गरिएको थियो ।
युनियनको आठौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने नेपाल प्रेस युनियनका मोरङ अध्यक्ष मिनकुमार नवोदितले जानकारी दिए ।