AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विरामीकोे मृत्युपछि विराट अस्पतालमा तनावग्रस्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ आश्विन २०७५, शुक्रबार १२:०८
3
Shares
विराटनगर / विराटनगरस्थित विराट अस्पतलामा विरामीको मृत्युपछि अस्पताल बिहीबार दिनभरी तनावग्रस्त बनेको छ ।

सुनसरीको इनरुवा नगरपालीका ३ की स्मिता श्रेष्ठको अस्पतालका डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै आफन्त दिनभरी तनावग्रस्त बनेको हो ।

अस्पताल प्रशासनसँग बसेको छलफलमा एउटा दुर्घटना भएको भन्दै टार्न खोज पछि उनीहरु आक्रोसीत बने । मृतक श्रेष्ठका आफन्तले अस्पतालले विरामीलाई ‘ओभरडोज’ औषधी दिएका कारण मृत्यु भएको दाबी गरेका छन् । अस्पतालले भने भेन्टिलेटरको अभाव देखाउँदै अन्तैलैजान भने पछि ३५ वर्षी स्मिताको विराटनगरको बरगाछीमा रहेकोे लाइगार्ड अस्पतालमा उपचारको क्रममा विहिबार विहान १० बजे मृत्यो भएको थियो । विराट अस्पतालले आफुले गरेको लापरवाहिबाट बाच्न विरामीलाई अन्तै पठाउन भेन्टीलेटर खालि नभएको बाहना बनाएको आफन्तले आरोप लगाए ।

मृतकका आफन्तले लापरवाहि गर्ने डाक्टरलाई भदौ १ गते देखि लागू भएको मुलुकि संहिता अनुसार कारवाहि हुनु पर्ने माग गरेका छन् । सबै कागज प्रमाण लिएर कानुनी उपचारकोलागी न्यायलय जाने मृतका आफन्तहरुको भनाई छ ।
पेट दुखाइको कारण पहिलो पटक असोज ३ गते उपचारकालागी लागि विराट अस्पतलामा स्मितालाई भर्ना गरिएको थियो । अस्पतालका फिजियसियन डाक्टर ज्ञानेन्द्र गिरिले अल्सर भएको बताएको मृतकका जेठाजु सचिन श्रेष्ठले बताए । स्मिताको ३ दिन विराट अस्पतालमा उपचार भएको थियो । घरले पुगे पछि पुनः स्मिताको पेट दुख्न थाले थियो । उनलाई पुनः नर्सिङ होममा भर्ना गरीएको थियो । केहि दिन देखि उनी अस्पतालमै उपचाररत थिइन ।

असोज १० गते दिनभरी सामान्य रहेकि स्मिताको राति ९ बजे अचान पेट दुख्न सुरु भएपछि डाक्टरले औषधि दिएको मृतकका आफन्तले बताए । औषधी खाएको २५ मिनेट मै उनको अनुहार कालो भएर आएको मृतकका जेठाजु सचिनले बताए । नर्सहरुलाई खबर गर्दा कालो लागेको भन्दै उनीहरुले विरामीको अनुहार पुछन थालेको उनले बताए ।
राति १ बजेपछि डाक्टरले भेन्टी लेटरमा राख्नु पर्ने तर अस्पतालमा खालि नभएकोले अन्तै लैजान भनेको सचिन बताए । अस्पतालले आफु पन्छिन त्यस्तो गरेको उनले अरोप लगाए ।

आफन्तले स्मितालाई बधुबार विहान ३ बजे विराटनगरको लाइफ गार्ड अस्पतालमा लगेका थिए । लाइफगार्ड अस्पतालले विरामीको अवस्था जटिल रहेकोले कुनै टुङगो नभएको भन्दै भेन्टिलेटरमा राखे थियो । विहान ९ बजेतिर लाइफ गार्ड अस्पतालका नर्सहरुले विरामीले पानी र चाउचाउ खान मागेको भन्दा आस पलाए पनि विहान १० बजे मृत्यु भएको जेठाजु सचिनले बताए ।

उपचारमा संलग्न डाक्टर ज्ञानेन्द्र गिरिले मृतकका आफन्त सँगको छलफलमा दुर्घना भएको भन्दै पन्छन खोजेको आफन्तहरुको आरोप छ । मृतक स्मिताका दुइ छोरी र श्रीमान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर