पूर्वाञ्चल खबर
श्रीयाको शारीरिक अवस्था, टाउकोमा लागेको चोट तथा शरीरका लुगाको अवस्था हेर्दा स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गरेका थिए । श्रीयालाई उनकै छिमेकी २७ वर्षीय कुसुम पौडेलले बलात्काारपछि हत्याा गरेको जनाएको छ । पौडेलले बलात्कारपछि हत्या गरेको स्विकारेका छन् । बालिका बस्दै आएको घरदेखि २ मिनेटको दुरीमा घर भएका पौडेल एक छोरीका बाबुसमेत हुन ।
बुधबार प्रहरीले पत्रकार सम्मेलन गरेर पौडेललाई सार्वजनिक गरेको आजको नागरिक दैनिकमा खबर छ ।