AArya
RUMPUM
animated ellipse animated ellipse

नेपालले अफ्गानिस्तानलाई १३ गोल ठोक्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० आश्विन २०७५, बुधबार २२:१६
3
Shares
फाइल तस्वीर
आगरा / भारतको आगरामा जारी १८ वर्षमूनिको विद्यालयस्तरीय च्याम्पियन्सीप फुटबलमा नेपालले दोश्रो जित आत्मसात गरेको छ ।

४६ औं संस्करण अन्र्तगत पहिलोपटक च्याम्पियन्सीपमा सहभागिता जनाएको नेपालको जितमा गोलको वर्षा भएको थियो । जसमा क्याप्टेन दिनेश हेन्जमले चार गोल गरे भने र बुद्धबल तामाङले ह्याट्रिक पुरा गरेका थिए।

आगराको प्रिल्युड पब्लिक स्कुलको मैदानमा आज भएको समूह ए अन्र्तगत समूह चरणको अन्तिम खेलमा अफ्गानिस्तानलाई १–१३ गोल अन्तरले नेपालले स्तब्ध बनायो । एकपक्षीय खेलमा नेपालले अफगानिस्तानलाई निर्धारित खेल अवधीभर दबाबमा राखेको थियो। सो क्रममा नेपालका क्याप्टेन दिनेश हेन्जमले ४ गोल, बुद्ध बल तामाङले ३ गोल, रितिक खड्काले २ गोल गरे भने नितिन थापा, जय गुरुङ, अनिल महर्जन र असिम गुङले समान एक गोल गरेका थिए । अफगानिस्तानका लागि एकमात्र गोल सियावास हुसैनले १ गोल गरे ।

मैदानमा दबाव कायम राख्न सफल नेपाली टोलीका लागि खेलको चौथो मिनेटमा दिनेश हेन्जमले गोल गर्दै खाता खोलेका थिए। त्यसलगत्तै खेलको ९ औं मिनेटमा नितिन थापाले टोलीका लागि दोश्रो गोल गरे। दुइ शुन्यको चोटबाट बाहिरिन नपाउदै अफगानिस्तानविरुद्ध जय गुरुङले तेश्रो गोल थपे। एकपछि अर्को गोलको वर्षा गर्ने क्रममा खेलको १५ औं मिनेटमा दिनशेले ब्यक्तिगत गोल थपे। त्यसैगरि खेलको २४ औं मिनेटमा बुद्ध बल तामाङले गोल गरेका थिए। मैदानमा लय समातेको नेपाली टोलीका लागि क्याप्टेन दिनेशले लगत्तै व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्री पूरा गरेका थिए । पहिलो हाफमा चार शुन्यले पछि परेको अफगानिस्तानका लागि खेलको ३० औं मिनेटमा पाएको पेनाल्टीमार्फत सियावास हुसैनले सान्त्वना गोल फर्काएका थिए।

यद्धपि सो गोलको ७ मिनेट नवित्तै खेलको ३७ औं मिनेटमा नेपालका लागि रितिक खड्काले गोल गरे। ७–१ गोलको अन्तरलाई थप फराकिलो बनाउने क्रममा क्याप्टेन दिनेशले ब्यक्तिगत चौथो गोल गरे। पहिलो हाफमा मैदानमा दबदबा बनाएको नेपालले दोश्रो हाफमा उही लयमा मैदानमा भिडेको थियो । सो क्रममा बुद्ध बल तामाङले खेलको ५० औं मिनेटमा र ५१ औं मिनेटमा असिम गुरुङले गोल गरे । त्यसैगरि खेलको ७३ औं मिनेटमा बुद्ध बल तामाङले गोल गर्दै ह्याट्कि पुरा गरेका थिए । नेपालका लागि १२ औं गोल रितिक खड्काले ७८ औं मिनेटमा गरे थिए भने अन्तिम गोल अनिल महर्जनले गर्दै नेपालको जित सुनिश्चित गरेका थिए । नेपालले जित हात पारेपनि सेमिफाइनलको यात्रा तय गर्न सकेन।
यससंगै बिहीबार नेपालले पाँचौं स्थानका लागि श्रीलंकाविरुद्ध स्पर्धा गर्ने टोलीका ब्यवस्थापक रुपेश अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर