पूर्वाञ्चल खबर
प्रेस युनियन मोरङको शुक्रवार विराटनगरमा जिल्ला अधिवेशन हुदैछ । अधिवेनले नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रेस युनियनको जिल्ला सभापतिमा कुमार लुइटेल र भोजराज बस्नेतले दोबेदारी प्रस्तुत गरीरहेका छन् । लुईटेल बर्तमान कार्यसमितका उपसभापति हुन् भने बस्नेत गत अधिवेशनमा सभापतिमा मिनकुमार नवोदितसँग २ मतले पराजित भएका थिए ।
लुइटेल अन्नपूर्ण पोष्ट प्रदेश ब्यूरो प्रमुख हुन् । लुईटेललाई डेढ बर्ष अघि पत्रकार महासंघ मोरङको सचिवमा उठाउने तयारी गरेपनि अन्तिम समयमा प्रेस युनियनले ब्याक गराएको थियो । विराटनगरबाट पक्रकारितामा सकृय लुइटेलले सभापतिबाट ब्याक नहुने बताउँछन् ।
महासंघको निर्वाचनका बेला अनन्त न्यौपानेलाई अध्यक्षमा उठाउँने बेला भोजराज बस्नेतलाई प्रेस युनियनको सभापतिको जिम्मेवारी दिने भद्र सहमती भएको थियो । तर सहमती कार्यन्यन गर्ने अवस्था नरहेकाले सामुहिक राजिनामा दिएको बस्नेतले खबर पूर्वाञ्चललाई बताए ।
जिल्लाको नेतृत्व सदरमुकाम बाहिर दिने सहमती भएपनि विराटनगरमा नै राख्ने सडयन्त्र भएको बस्नेतको आरोप छ । आज भएको भेलाले बस्नेतको नेतृत्वमा ४२ जनाले सामुहिक राजिनामा दिएका हन् ।
राजिनामा दिनेहरुमा बस्नेत सहित दिनेश गिरी, राजु बस्नेत, केदार अधिकारी, सञ्जय गुरुङ, रेखा गुरुङ, अनु निरौला, दिपा बिष्ट, बबिता राई, सञ्जय राई, डम्बर बिक, भुवन कार्की, अनिल बराल, हिमाशुं राय, बिबेक मिश्र, गणेश पोखरेल, गोपाल काफ्ले र भिमराज अधिकारी, हरि कोइराला, रुपेन्द्र शेर्मा, तेजन खडका, दुर्गाप्रसाद खतिवडा, प्रशान्त निरौला,किशोर श्रेष्ठ लगायत छन् ।