पूर्वाञ्चल खबर
जुवाडेलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको गस्ती टोलीले रंगेहात पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोका भतिजा र नेपाली काँग्रेस महासमिति सदस्य ललित अधिकारीका दाजु समेत छन् । जसका कारण जुवाडेलाई छुटाउन चर्को दबाब आएको बुझिएको छ ।
प्रहरी निरीक्षक रामप्रससाद तिमल्सिनाले भने, कसैको दबाबले केहि फरक पर्दैन सबै काम कानून बमोजिम नै हुन्छ । पक्राउ परेका उर्लाबारी–५ का दीर्घायू फागो मेयर फागोका भतिजा हुन् भने अर्का जुवाडे खड्गमानसिं अधिकारी ललितका दाजु हुन् । पक्राउ पर्ने अन्यमा उर्लाबारी वडा नं. ६ का यूवराज पौडेल, गोपालकुमार गुरुङ , भूपाल विश्वकर्मा, रामकुमार कुँवर,रोशनप्रसाद यादव, बेदनाथ भूजेल, यादव उप्रेती, ५ नं. वडाका दलबहादुर बस्नेत, प्रकाश गिरी, मणिकुमार श्रेष्ठ, पुण्यप्रसाद अधिकारी, चन्द्र लामा र वडा नं. १ का टेकबहादुर धिमाल छन् । उनीहरुलाई उर्लाबारी–६ स्थित कुमार उप्रेतीको घरबाट पक्राउ गरिएको इप्रका उर्लाबारीका प्रहरी नायब निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए ।
कुमार उप्रेतीले पेशेवर रुपमै जुवाखाल चलाउँदै आएको स्थानीयको भनाई छ । उनले प्रहरीलाई नजाराना दिएर निर्वाधरुपमा जुवाखाल सञ्चालन गर्दै आएको स्रोतको भनाई छ । यस्तै, आइतबारेबाट पक्राउ पर्नेहरुमा घरधनी धु्रवा राईसहित उर्लाबारी ४ आईतबारेका विन्दु लिम्बू, टेकबहादुर कार्की र सञ्जय आचार्य छन् । उप्रेतीको घरमा भएको जुवा खालबाट ६० हजार २ सय ५० नगद र राईको जुवा खालबाट करिब ९ हजार रुपैयाँ बरामद गरिएको प्रहरी निरीक्षक तिम्सिनाले बताए । प्रहरीका अनुसार पक्राउ परेका सबैलाई अपराध संहिताअनुसार मुद्धा चलाइएको छ । नयाँ संहिताअनुसार जुवा खेल्ने ÷ खेलाउनेलाई जनही ५० हजार जरिवाना र तीन महिना कैद हुने ब्यवस्था छ ।(