RUMPUM
animated ellipse animated ellipse

उत्कृष्ट प्रदर्शन गरे पनि नेपाल पराजित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ आश्विन २०७५, सोमबार २१:१६
3
Shares
फाइल तस्वीर
आगरा (भारत) / भारतको आगरामा जारी एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे पनि नेपालले दोस्रो हार बेहोर्नु परेको छ ।

आगरा स्थित प्रिल्युड पब्लिक स्कुल स्टेडियममा सोमबार भएको खेलमा इन्डोनेसियाले २–१ गोल अन्तरले नेपाललाई निराश बनायो । खेलमा लिएको अग्रता जोगाउन नसक्दा नेपाली टोलीको सेमिफाइनल यात्राको सम्भावना कमजोर बनेर गएको छ । यस अघि थाईल्याण्डसंग नेपाल २–० गोल अन्तरले पराजित भएको थियो । दोस्रो हारसंगै प्रतियोगिताको ४६ औं संस्करण चलिरहँदा पहिलो पटक भाग लिने अवसर पाएको नेपालको यात्रा समूह चरणबाटै टुँगिने सम्भावना बढेको छ ।

सेमिफाइनल पुग्नका लागि अव नेपालले चीन र अफगानिस्थानलाई पराजित गरेर मात्रै पुग्दैन । नेपालको सेमिफाइनल यात्रा सुरक्षित हुन चीनले इन्डोनेसियालाई हराउनै पर्छ । नेपालले चीन र अफगानिस्थानलाई हराएपछि चीनले इन्डोनेसियालाई पराजित गर्दा मात्रै समूह ‘ए’ मा रहेको नेपालले सेमिफाइनल खेल्न पाउने छ ।

आजको खेलमा रेफ्रीको गलत निर्णय नेपालको हारको मुख्य कारण बन्यो । खेलमा लिएको अग्रता जोगाउन नसक्नु नेपालका लागि दुर्भाग्यपूर्ण बन्यो । नेपालले ५० औं मिनेटमा राजन गुरुङको उत्कृष्ट गोलमार्फत अग्रता लिएको थियो । दिनेश हेन्जनको कर्नर प्रहारमा राजनले हेर्ड गर्दै बललाई पोष्टको दिशा दिंदा इन्डोनेसिया दवावमा प¥यो । तर नेपालको त्यो खुसी एक मिनेट पनि टिक्न सकेन । नेपाली खेलाडी सम्हालिन नसकेको मौका छोप्दै इन्डोनेसियाले खेलमा फर्कने अवसर पायो । ५१ औं मिनेटमा इन्डोनेसियाका एलेनले नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै गरेको लङ प्रहरलाई नेपालका गोलरक्षक विष्णुकुमार केसीले पनि बचाउन नसक्दा खेल १–१ को बराबरीमा पुग्यो ।

६७ औं मिनेटमा अल्फएड्राले गोल थपेपछि इन्डोनेसियाको जित पक्का भयो । डिबक्स भन्दा बाहिर नेपालका संजित राईको पेटमा लागेको बललाई रेफ्रीले हेन्डको संकेत गर्दै इन्डोनेसियालाई पेनाल्टीको अवसर दिने गलत निर्णय गरिदिंदा नेपालले हारको नतिजा भोग्नु प¥यो । त्यही पेनाल्टी अवसरलाई सदुपयोग गर्दै अल्फएड्राले बललाई गोलमा परिणत गरिदिंदा नेपालले दवाव झेल्न सकेन । खेलको अन्तिम समयमा नेपालका डिफेन्स विकास खवासलाई डिबक्स भित्र इन्डोनेसियाका खेलाडीले गलत ट्याकल गरे पनि रेफ्रीले पेनाल्टीको अवसरबाट बन्चित गर्दै फ्रिकिक मात्रै दिने गलत निर्णय गरेपछि नेपालले हार बेहोर्नु परो ।

नेपालको हारलाई रेफ्री छनौटमा आयोजक चुकेको रुपमा लिइएको छ । सामान्य नियमको पनि जानकारी नभएका रेफ्रीको छनौट गरेर खेल खेलाउन लगाउनु आयोजकको मुख्य कमजोरी देखियो । यसै समूहमा रहेको टिम थाईल्याण्डका प्रशिक्षकले समेत नेपालको हारको मुख्य कारण रेफ्रीको गलत निर्णय भएको भन्दै आलोचना गरे । उनले नेपालले गरेको उत्कृष्ट प्रदर्शनको खुलेर प्रसंसा गर्दै आयोजकको कमजोर व्यवस्थापन र रेफ्रीको गलत निर्णय नेपालका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । उनले रेफ्रीलाई खेल खेलाउने सामान्य नियमको समेत जानकारी नभएको उल्लेख गरे ।

५ औं मिनेटमा वान भर्सेस वानको स्थितीमा अनुप गुरुङको प्रहार पहिलो बार हुँदै बाहिरिंदा नेपालले खेलको सुरुवातमै अग्रता लिने अवसर गुमायो । निक्कै आक्रामक रुपमा मैदानमा उत्रिएको नेपालका लागि १६ औं मिनेटमा कप्तान दिनेश हेन्जनले मिलाइदिएको क्रस पासमा अनुप ढिला भए । त्यस लगत्तै टिकाराज गुरुङ वान भर्सेस वानको स्थितीमा चुक्नु पनि नेपालका लागि दुर्भाग्यपूर्ण बन्यो । २० औं मिनेटमा अनुपकै प्रहारले इन्डोनेसियाका गोलरक्षक महम्मद अदिसात्रोको अवरोध छिचोल्न सकेन । ३० औं मिनेटमा मनिष थापाको पासमा टिकाराजले ओभर ल्याप गर्दै विपक्षी गोलरक्षकलाई विट गरेर बललाई पोष्टको दिशा दिए पनि लाइन्समेनले गलत निर्णय गर्दै त्यसलाई अफसाईडको संकेत गरिदिएर नेपाललाई अग्रता लिनबाट बन्चित गराए । पहिलो हाफमा इन्डोनेसियाले नेपालका विरुद्ध पोष्ट एट्याकको एउटा पनि अवसर सिर्जना गर्न सकेन ।

खेललाई पूरै नियन्त्रणमा राखेको नेपालले मध्यान्तरपछिको पहिलो अवसरमै गोल गरेर अग्रता लिएको हो । ६५ औं मिनेटमा दिनेश हेन्जनको पासमा टिकाराज गुरुङको हेड प्रहार दोस्रो बार हुँदै बाहिरिंदा नेपालले दोस्रो गोल गर्ने अवसर गुमायो ।इन्डोनेसिया जस्तो बलियो यू–१८ राष्ट्रिय टोलीलाई अधिकांस समय नेपालले दवावमा राखेको थियो । नेपाल भन्दा शारीरिक रुपमा मजवुत रहे पनि इन्डोनेसियाले गोल गर्नका लागि राम्रा अवसरको सिर्जना भने खेल भरी नै गर्न सकेन ।

नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाली टोलीले सत प्रतिशत खेले पनि नतिजाबाट विमुख हुनु परेको बताए । ‘शारीरिक र प्राविधिक रुपमा इन्डोनेसिया मजवुत थियो,’ उनले भने, ‘तर पनि खेललाई भने नेपालले नियन्त्रणमा राख्न सक्नु नै ठूलो कुरा हो ।’श्रेष्ठले नेपालको हारको मुख्य कारण आयोजकको रेफ्री छनौट र रेफ्रीले मैदानमा गरेको गलत निर्णय नै भएको बताए । सोमबारकै अर्को खेलमा थाईल्याण्डले अफगानिस्थानलाई पराजित ग¥यो ।

प्रतियोगित अन्तर्गत समूह ‘ए’ मा थाईल्याण्ड, इन्डोनेसिया, अफगानिस्थान र चीन रहेका छन् । तीनवटा खेल जितेको थाईल्याण्ड नौ अंक सहित शीर्ष स्थानमा छ । इन्डोनेसिया ६ अंक सहित दोस्रो र चीन तीन अंक सहित तेस्रो स्थानमा छ । नेपाल र अफगानिस्थानको अंक शुन्य छ । समूह ‘बी’ मा आयोजक राष्ट्र भारत, भुटान, दक्षिण कोरिया, मलेसिया र श्रीलंका रहेका छन् । समूह ‘बी’ मा दक्षिण कोरिया शीर्ष स्थानमा छ । मलेसिया दोस्रो, श्रीलंका तेस्रो र भारत चौथो स्थानमा छ । भुटानको अंक शुन्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर