RUMPUM
animated ellipse animated ellipse

प्याब्सन महानगर अध्यक्षमा राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ आश्विन २०७५, सोमबार २०:४७
3
Shares
विराटनगर / निजी तथा आवासिय विद्यालय नेपाल(प्याब्सन) विराटनगर महानगरपालिका स्तरीय समितिको अध्यक्षमा इन्द्रकुमार राई निर्वाचित भएका छन् ।

पहिलो नगर अधिवेशनबाट निकटमत प्रतिद्वन्द्वी मदन भट्राईलाइ ८ मत अन्तरले पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् । राईले ३७ मत प्राप्त गर्दा भट्टराईले २९ मत प्राप्त गरेका थिए ।

त्यस्तै प्याब्सन महानगर उपाध्यक्षमा मोहन बुढाथोकी निर्वाचित भएका छन् । बुढाथोकीले गोपाल गेलाललाई पराजित गरे भने सचिवमा अर्जुन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । महानगरको कोषाध्यक्षमा सेवक बजगाईलाई पराजित गर्दै शिव अधिकारी निर्वाचित भएका छन् ।

११ सदस्य महानगर समितिको सदस्यमा मिना आचार्य, हिरा थापा, पर्शुराम घिमिरे, अशोक लामा, कृष्ण श्रेष्ठ, भीम राजवंशी निर्वाचित भएको प्याब्सन मोरङ सचिव राजेश आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर