पूर्वाञ्चल खबर
विराटनगर महानगरपालिका १६ बुधनगर जाने भित्री सडकको ह्युमपाइप भित्र विभत्स अवस्थामा यूवकको शव भेटिएको इलाका प्रहरी कार्यालय रानीले बताएको छ ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक सन्तोष निरौलाका अनुसार सडेको अवस्थामा शव भेटिएका कारण अनुहार पहिचान गर्न सक्ने अवस्थामा छैन् । विभत्स अवस्थामा भेटिएको यूवकको शव पोष्टमार्टमकालागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । ह्युमपाइप भित्रै सडेको अवस्थामा भेटिएपछि प्रहरी स्काभेटरको प्रयोग गरी शव निकालेको हो ।
स्थानीयबासीले दुर्गन्ध आएपछि आज ह्युमपाइप भित्र हेर्दा शव भेटेका थिए । प्रहरी निरिक्षक निरौलाका अनुसार शव निकाल्नकालागि बाटो भत्काउनु परेको थियो । हत्या गरी फालिएको हुन सक्ने आशंका सहित घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए ।