AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जनस्वास्थ्य संघको निर्वाचन : प्रगतिशिल समूहका उम्मेदवारको आक्रमक प्रचार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ आश्विन २०७५, शनिबार १४:४६
3
Shares
प्रगतिशिल समूहका उम्मेदवारहरु आफनो कुरा राख्दै ।
विराटनगर / आगामी असोज १३ गते हुने नेपाल जनस्वस्थ्य संघ नेपालको केन्द्रीय निर्वाचनको लागि उम्मेदवारी दिएको प्रगतिशिल समूले धमाधम अन्तक्रिया कार्यक्रम गर्दै आएका छन् ।

अध्यक्षाका उम्मेदवार डा. मोहनकृष्ण श्रेष्ठसहितको १५ जनाको कार्यसमितका उम्मेदवारहरु अहिले ७ वटै प्रदेशमा अन्तक्रिया कार्यक्रम गर्दैछन् । प्रदेश नम्बरको १ को अस्थायी राजधानी रहेको विराटनगरबाट प्रगतिशल समूहले मतदातासँग आफनो एजेन्डा सुनाउँदै आन्तरक्रिया कार्यक्रम प्रारम्भ आजदेखि गरेको सदस्यको उम्मेदवार कैलाश खाकी श्रेष्ठले जानकारी दिए । ७ वटै प्रदेश र काठमाण्डौसहित ८ स्थानमा मतदान हुने भएकोले सबै ठाउँमा प्रगतिशिल समूहका उम्मेदवारले आफनो एजेन्डा सुनाउँदै कार्यक्रम गर्दै आएको उनले बताए ।

प्रगतिशिल समूह बनाएर नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा डा. मोहनकृष्ण श्रेष्ठ, उपाध्यक्षमा सुर्दशन पौडेल, महासचिबमा चित्रजंग शाही, कोषाध्यक्षमा रमेश भट्ट, सचिब दिपेन्द्र खड्का, सहकोषाध्यक्षमा नरेन्द्रकुमार झाले उम्मेदवारी दिएका छन् । त्यस्तै सोही समूहबाट सदस्यहरुमा केशव चपागाई, कैलाश तिम्सिना, कमल रानाभाट, कैलाश खाकी श्रेष्ठ, बसन्त देवकोटा, विरेन्द्र कुमारसिंह, दुर्गा बजगाई र प्रजिता मालीले उम्मेदवार दिएका हुन् ।

अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार श्रेष्ठले जनस्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धी गर्न सधैब लागि पर्ने बताए । दक्ष जनस्वास्थ्यर्की उत्पादन गर्न समयसापेक्ष पाठ्यक्रम विकास गरि पहल गर्न आफु लागि पर्ने उनको भनाई थियो ।
जनस्वास्थ्यको संघको निर्वाचनमा दुई वटा प्यानल बनेको छ । नेपाल कम्यिूनिष्ट पार्टी निकटका स्वास्थ्यकर्मीहरुले प्रगतिशल समूह बनाएर डा. मोहन श्रेष्ठको अध्यक्षमा उम्मेदवार घोषणा गरेका छन् । त्यस्तै काँग्रेस निटका स्वास्थ्यकर्मीहरुले श्रीकृष्ण भट्टको अध्यक्षतामा उम्मेदवार बनाएर चुनावी अभियानमा छन् । लोकतान्त्री समूह भए पनि पेशागत समूह बनाएर उम्मेदवार दिएका भट्टको भन्दा प्रगतिशिल समुहको पल्ला भारी रहेको बताइएको छ ।

प्रष्ट बिचार, आफनो एजेण्डा संघ भित्र लागु गर्न सक्ने क्षमता भएका उम्मेदारहरु प्रगतिशलमा भएकाले श्रेष्ठ नेतृत्वको कार्य समितिको प्यानलै निर्वाचित हुने जनस्वास्थ्य संघमा लामो समयदेखि लागि परेका उच्च ओदामा बसेका अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर