पूर्वाञ्चल खबर
ठाकुरले उपेन्द्र यादवलाई केपी ओली सरकारमा एक्लै गएको, संविधान दिवसको विरोध गर्न नमानेको आरोप पनि लगाए । मधेसी जनताले वर्षौँदेखि लोकतन्त्रका लागि लडेको तर लोकतन्त्र अनुभूत गर्न नपाएको ठाकुरको भनाइ छ ।
ठाकुरले भने, ‘संविधानले जनतालाई कित्ताकाट गरेको छ, कुनै पनि बेला फेरि ठूलो विद्रोह हुन सक्छ ।’ आजको नागरिक दैनिकमा यो समाचार छ ।