RUMPUM
animated ellipse animated ellipse

एम्स कलेजमा बिएचएम सम्बन्धी सेमिना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ आश्विन २०७५, बुधबार २०:३९
3
Shares
विराटनगर / विराटनगर –०९ मा रहेकोे कलेज एम्स कलेजले होटल इस्टर्न स्टार विराटनगरमा बि.एच.एम. कार्यक्रमका बारेमा बुधवारका सेमिनार गरेको छ ।

सेमिनारमा काठमाण्डौं गेटवे कलेजका प्रबन्ध निर्देशक सुरेश केसी र सोहि कलेजका प्रिन्सिपल डाली खनालले बिएचएम कार्यक्रम तथा सो क्षेत्रको व्यवसायिक सम्भाव्यताका बारेमा प्रस्तुती दिएका थिए ।

कार्यक्रममा प्रेजिडेन्सी रिसोर्टका संचालक प्रकाशजङ्ग अधिकारी , बिरगन्ज पब्लिक कलेजका निर्देशक प्रा.डा. दिपक शाक्य, प्रेजिडेन्सी कलेज चितवनका प्रिन्सिपल शम्भु क्षेत्री , काठमाण्डौ हिमालय ह्वाइट हाउस कलेजका अध्यक्ष शम्भु दाहालले बि.एच.एम मा अध्ययन हुने विद्यार्थीहरुलाई उत्प्रेरित गरेका थिए ।

एम्स कलेजमा यसै बर्ष देखि सञ्चालनमा आएको बि.एच.एम कार्यक्रमका विद्यार्थीलाई आफ्नै तारे होटल , होटल इस्टर्न स्टारमा प्रयोगात्मक सिप विकास गराउनुका साथै चितवनमा अवस्थित चार तारे होटल प्रेजिडेन्सी रिसोर्टमा समेत उक्त कार्य गराउने कलेजका क्याम्पस प्रमुख चिन्तामणी बस्नेतले बताए । सिंगापुर, मलेसिया, चिन र दुबईमा समेत विद्यार्थीहरुलाई इन्र्टनसिप गर्न पठाउने र आफ्ना विद्यार्थीहरुलाई विश्व बजारमा अब्बल बनाउने कुरा क्याम्पस प्रमुख बस्नेत जानकारी दिए ।

“आफ्नै होटल र आफ्नै भौतिक पुर्वाधारले भरिपुर्ण एम्स कलेज विद्यार्थीहरुको पढ्ने शिक्षालय मात्र नभएर सिक्ने कलेज बन्ने क्याम्पस प्रमुख बस्नेत भने । दक्ष जनशक्तीको जहिले अभाव हुने होटल विजिनेसमा अब एम्स कलेजले बजारले अपेक्षा गरे बमोजिमको दक्ष जनशक्ती उत्पादन गर्ने र सो अभावलाई पुरा गर्ने कुरा कलेज तथा होटलका अध्यक्ष तुलसीप्रसाद पोखरेले बताए । बिराटनगरमा बिएचएमअध्ययन गर्न चाहने विद्यार्थीहरु लाभान्भित भएको कलेजले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर