RUMPUM
animated ellipse animated ellipse

आफुविरुद समाचार लेख्ने पत्रकारलाई असहयोग गर्ने : मेयर फागो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ आश्विन २०७५, बुधबार १५:५८
3
Shares
उर्लाबारी / उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो सञ्चारमाध्यम बिरुद्ध खनिएका छन् । उनले आफु उर्लाबारी नगरपालिकाको प्रमुख रहेसम्म सञ्चारमाध्यमलाई कुनै पनि प्रकारको सहयोग नगर्ने उद्घोष गरेका छन् ।

संबिधान दिवसको अवसरमा उर्लाबारी नगरपालिकाद्धारा आज आयोजित कार्यक्रममा मेयर फागोले आफु र नगरपालिकाको बिरोधमा समाचार लेख्ने र प्रशारण गर्ने पत्रकारलाई असहयोग गर्ने घोषणा गरेका हुन् ।

संबिधान दिवसको शूभकामना आदानप्रदान कार्यक्रममा विषयवस्तुमा केन्द्रित रहेर भन्दा पनि अधिंकाश समय फागो पत्रकार र सञ्चार माध्यमप्रति आक्रमक भएका थिए । यसअघि पनि प्रमुख फागोले सार्वजनिक मञ्चहरुबाटै पत्रकारहरुलाई प्रत्यक्ष÷अप्रत्यक्ष धम्क्याउँदै आएका छन् । केही दिनअघि मात्र उर्लाबारी नगरपालिकाले नगरका ६ वटा खोला ठेक्काको विषयमा ठूलो चलखेल भएको समाचार बिभिन्न सञ्चारमाध्यममा आएको थियो । खोला ठेक्कामा भएको चलखेलबारे समाचार सार्वजनिक भएपछि नगर प्रमुख फागो पत्रकारबिरुद्ध खनिएका हुन् ।

खोला ठेक्काका लागि १९ वटा फारम वितरण भएकामा ४ वटा कम्पनीले मात्र दर्ता गर्न पाएका थिए । नगरपालिकाले नगरभित्र रहेका ६ वटा खोलाजन्य पदार्थ निकासीका लागि २ करोड ९१ लाखमा ठेक्का आह्वान गरेको थियो । के एन निर्माण तथा सप्लायर्स, जेएजे निर्माण सेवा प्रालि, जिएफ कन्ट्रक्सन एण्ड इन्जिनेरीङ्ग, बेदकृष्ण सप्लायर्स र रेनता निर्माण सेवाका प्रतिनिधिहरुलाई फारम दर्ता गराउन रोकेको भन्दै उनीहरुले सोमबार पत्रकार सम्मेलन गरेका थिए । नियोजित रुपमा ठेकेदार भीम पौडेलसँग ‘सेटिङ’ मिलाएर अन्य फारम दर्ता हुनबाट रोकेको भन्दै जे.एन.जे. निर्माण सेवा दमकका राजकुमार थापाले टेण्डर प्रक्रिया खारेज गरी नयाँ टेण्डर खुलाउन माग गरेका छन् । आफूले ४ करोड ५१ लाख रुपैयाँको टेण्डर हाल्न जाँदा नगरपालिकाका नगर प्रहरीले मुख्य गेट नै बन्द गरेर दर्ता गर्न नदिईएको उनले बताए । सो खोलाको ठेक्का ए.टी. कन्ट्रक्सन सप्लायर्सले ३ करोड ५६ लाख १० हजार ६५६ रुपैँयामा प्राप्त गरेको बुझिएको छ ।

साढे ४ करोड बढी रुपैयाँको टेण्डर हाल्ने कम्पनीलाई दर्ता गर्न नदिईनु र ३ करोड ५६ लाख रकममा ठेक्का दिईनुलाई ठुलो चलखेल भएको व्यवसायी ख्याम निरौलाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर