RUMPUM
animated ellipse animated ellipse

उत्साहित उत्तमजंग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ आश्विन २०७५, मंगलवार २१:११
3
Shares
सन्तोष राई
सांगीतिक दुनियामा व्यस्त गायक तथा संगीतकार उत्तमजंग लिम्बु हाल निक्कै उत्साहित छन् । उत्साहित हुनुमा उनको सफलता र व्यस्तता नै हो । स्वभाव छ उनको हक्की र निडर । अहिलेसम्मको सांगीतिक दौरानमा केही सफलता बा“की स्ट्रगल पिरियड नै लाग्छ उनलाई ।

वि.सं. २०६६ मा खोजी प्रतिभाको रियालिटी शोमा फर्म भरेको दुई वर्षसम्म पर्खिएर उनले दोस्रो स्थानमा आफूलाई दर्ज गरेका थिए । त्यसपछि उनले मिना सिंगक लिम्बुको शब्द तथा ताराप्रकाश लिम्बुको संगीतमा नेपाली कथानक चलचित्र ‘प्रितीको फुल’को ‘डर थियो मलाई..’ बोलको गीत मार्फत् सांगीतिक दुनियामा पाइला अघि बढाएका हुन् ।

यसरी नै सांगीतिक क्षेत्रमा गायकको पगरी गुथेर अघि बढे उत्तमजंग अनि मामा बिजय केरुङको हौसला र साथ सहयोग सधैं स्मरण हुने गर्छ उनलाई । उनलाई २०६७ सालमा रेकर्ड भएको गीत ‘एकतर्फी माया लाएछु…’ले नेपाली गीत संगीतको क्षेत्रमा थोरै परिचित गराएको भान अहिले पनि लागिरहन्छ । त्यसताका उनी सांगीतिक कार्यक्रमहरूमा व्यस्त पनि हुनुपरेको स्मरण छ । विस्तारै विस्तारै उनी गायनमा मात्र सीमित रहेनन् उनले एक चलचित्रमा अभिनय पनि गरे भने ५ वटा चलचित्रमा संगीत भर्न भ्याए ।

अक्सर उनले संगीत भरेका चलचित्रहरुले त्यति चर्चा पाएनन् । तर, पनि रत्तिभर उनलाई दुःख लागेन, अझ उत्साहित भएर संगीतमा तल्लिन रहे । यसरी निरन्तर संगीत क्षेत्रमा अहोरात्र खटेर लागिपरेका लिम्बुले हाल आएर गायक राजेश पायल राईको आउन लागेको गीति एल्वम ‘दर्शन नमस्ते ४’को टाइटल सङको शब्द÷संंगीत भर्न भ्याए । सो गीतबाट पनि पनि उनले आशा गरेका छन् । राजेश

राजेश पायल राईले उनकै गीतलाई फाइनल गरेकोमा उत्तम अझ उत्साहित छन् ।
यस्तै क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भइरहेको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’मा पनि लिम्बुले संगीत भर्न र स्वर दिइसकेका छन् । चलचित्र पुरानो बुलेटको ‘दही चिउरा असार पन्ध्रमा…’बोलको गीतबाट स्रोताको मन जित्नेमा उनी ढुक्क छन् । सो गीतमा मेलिना राईले उनलाई साथ दिएकी छिन् । र अर्काे स्याड गीत ‘जमुना..’ गायक राजेश पायल राईको स्वरमा सजिएको छ । उनले भने– ‘म पहिले गायनमा मात्र सीमित थिएं, अब चाहिं संगीत यात्रालाई पनि एकसाथ अघि बढाउनेछु ।’ यस्तै उत्तमजंगले माया मगरको गीति एल्वम ‘माया’मा पनि सोलो संगीत भर्न भ्याए । सो गीति एल्वममा माया मगरको एकल शब्द अनि गायिका मेलिना राईको गायन रहेको थियो । उक्त एल्वममा रहेको ‘म त गाउंकी गोरी रे…’बोलको गीत २०७४ सालमा धेरैले रुचाएका थिए ।

गफगाफकै क्रममा निक्कै ठाटिएर भेटिएका लिम्बुले उत्साहित हुदै भने–‘अब ब्याक टु ब्याक नेपाली चलचित्रहरुको संगीत गर्ने अवसरहरु आइरहेका छन् । अहिले कम्पोजमै व्यस्त छु । भावी दिनमा अझ राम्रा राम्रा गीत संगीत पस्कन सधै प्रयास गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर