RUMPUM
animated ellipse animated ellipse

साढे ३३ किलो सुनकाण्ड : डिएसपी केसी पनि साधारण तारेखमा छुटे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ भाद्र २०७५, आईतवार २०:०८
3
Shares
विराटनगर/ साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरी नायब उपरीक्षक डीएसपी प्रजित केसी उच्च अदालत विराटनगरले साधारण तारिकमा छोड्न आदेश दिएको छ ।

उच्च अदालत विराटनगरको आदेशमा उनी साधारण तारेखमा छुटेका हुन् । गोरेका सहयोगी रामकुमार तिवारीलाई पाँच हजार धरौटी बुझाउन उच्च अदालतले आदेश दिएको हो ।
आइतवार न्यायाधीस उमेशराज पौडेल र उमेशकुमार सिंहको इजलासले डीएसपी केसीलाई साधारण तारेख र तिवारीलाई धरौटी छाडने आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्टार नारायण रेग्मीले जानकारी दिए ।

उच्च अदालतको ५ नम्बर इजलासका न्यायाधीश पौडेल र सिंहले जिल्ला अदालत मोरङले जेठ २८ गते गरेको आदेशलाई उल्टयाउँदै केसीलाई साधरण तारिकमा र तिवारीलाई धरौटिमा छोड्न आदेश दिएका हुन् ।

जिल्ला अदालतको आदेश रितपूर्वक नदेखिदा साधारण तारिकमा राखि मुद्दाको कारबाही अगाडी बढाउन आदेश आएको उच्च अदालत विराटनगरका रजिष्ट्रार रेग्मीले जानकारी दिए । मुलुकी ऐन अदालती बन्दवस्तीको ४७ नम्बर बमोजिम साधारण तारिकमा छोडन केसीलाई आदेश दिएको उनले बताए ।

केसी र तिवारीले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै सादा तारिकमा छोडन माग राख्दै असार ७ गते अदालती बन्दवस्तीको १७ नम्बर गरेका थिए । केसी पक्राउ पर्नुअघि अपराध अनुसन्धान महाशाखा काठमाण्डौका डिएसपी रहेका थिए । यस प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितले उनलाई बयानका लागि बोलाएको थियो । उनी पक्राउ परेका थिए । उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर