RUMPUM
animated ellipse animated ellipse

प्याब्सन हिज्जेको उपाधी मदरल्याण्डलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ भाद्र २०७५, आईतवार १७:०३
3
Shares
विराटनगर / प्याब्सन मोरङको आयोजनामा जिल्ला स्तरीय हिज्जे प्रतियोगिताको उपाधी विराटनगरको मदरल्यनण्ड एकाडेमीले हात पारेको छ । यो सँगै मदरल्यनण्डले सातौपटक लगातार हिज्जेको उपाधी कब्जा गरेको छ ।

राष्ट्रिय बाल दिवसको अवसर पारेर प्याब्सनले प्रत्येक वर्ष निजी विद्यालयमा अध्ययरत विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले प्रतियोगिता गर्दै आएको छ ।

त्यस्तै हिज्जे प्रतियोगितामा द्धितीय रङ्गेलीमा रहेको न्यू स्टार र तृतीय विराटनगरमा रहेको दिल्ली पब्लिक स्कूल, तथा चौथो सुन्दरहरैचा नगरपालिमा रहेको क्वीस्टि स्कूल भएको थियो ।

त्यसैगरी हाजिरजवाफ प्रतियोगितामा पथरीशनिश्चरे स्थित न्यू पेगडा प्रथम भएको छ भने द्धितीय रंगेलीमा रहेको भानु मेमोरियल स्कूल, तृतीय विराटनगरस्थित सगरमाथा स्कूल र चौथो केराबारीमा रहेको केयू एकेडेमी घोषित भएको कार्यक्रम संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए ।

हाजिरजवाफ प्रतियोगिताको प्रथम, द्धितीय, तृतीय र चौथोेले क्रमशः २५, २०, १५ र १० हजार रुपैयाँ प्राप्त गरेका थिए । त्यस्तै हिज्जे प्रतियोगिताको प्रथम, द्धितीय, तृतीय र चौथोेले क्रमशः १५, १०, ५ र ३ हजार रुपैयाँसहित मेडल ट्रफी प्राप्त गरेका थिए ।

प्रतियोगितामा प्याब्सनका २ सय २० भन्दा बढी सदस्य विद्यालयहरुको सहभागिता रहेको प्याब्सन मोरङले जनाएको छ ।
प्रतियोगिताको बिजेताहरुलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिको प्रमुख भीम पराजुली, प्याब्सनका केन्द्रीय सदस्य राजेशकुमार दास, हेमन्त कार्की, मोरङका निवर्तमान अध्यक्ष बासुदेव न्यौपाने, मोरङ अध्यक्ष सुनिल पौडेललगायले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर