पूर्वाञ्चल खबर
लक्ष्मीमार्ग स्थित खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौंलाई २–१ गोल अन्तरले निराश बनाउँदै मोरङ उपाधी होडमा पुगेको हो । उसले आगामी शनिबार हुने उपाधी भिडन्तमा रेड हर्ष क्लब इलाम र विर्तामोड युनाइटेडबीचको विजेताको समाना गर्नु पर्ने छ ।
मोरङको जितका लागि दुवै गोल पहिलो हाफमै सम्भव भएको हो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि चर्च ब्वाइजले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा नतिजा मोरङको पक्षमा पुग्यो । दोस्रो हाफपछि खेललाई सुधार गरे पनि मोरङले गोल संख्या तीन पु¥याउन सकेन । मोरङको जितका लागि संजोग राई र विदेशी खेलाडी प्रेकले १–१ गोल गरे । चर्च ब्वाईजका तर्फबाट निरज बस्नेतले एक गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन ।
३७ औं मिनेटमा संजोग राईले गोल गर्दा मोरङ अगाडि बढ्यो । राईले प्रंहार गरेको बल चर्च ब्वाइजका गोलरक्षक विवस चौधरीले क्लियर गर्न नसक्दा रिवाउण्ड भएपछि उनैले वान टच जारी चुमाउँदा चर्च ब्वाइज दबावमा प¥यो । पहिलो हाफको अन्त्यमा अर्को गोल थप्दा मोरङलाई जितका लागि पर्याप्त बन्यो । एक्लै बल लिएर अघि बढेका विदेशी खेलाडी प्रेकले वान भर्सेस वानको स्थितीमा नजिकैबाट भली गर्दै बललाई पोष्टको दर्शन गराउँदा खेल २–० को स्थितीमा पुग्यो ।
खेलको ७८ औं मिनेटमा निरज बस्नेतले गोल फर्काए पनि चर्च ब्वाइजले अर्को गोल गर्न नसक्दा जित निकाल्न सकेन । एक्लै अघि बढेका उनले मोरङका गोल रक्षक किशोर गिरीलाई विट गर्दै पोष्टको बाटो देखाएका थिए । चर्च ब्वाइजले अर्को गोल फर्काउन नसक्दा उसको फाइनल यात्रा टुँगियो ।