पूर्वाञ्चल खबर
मोरङ शारीरिक सुगठन र फिटनेस संघको आयोजनामा आउँदो असोज २८ गते विराटनगरमा मिस्टर मोरङ बडिबिल्डीङ प्रतियोगिता हुने भएको हो । आयोजक समितिले विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजनागरि सो बिषयमा जानकारी गराएको छ । आयोजक संस्थाका अध्यक्ष अमलेशकुमार कर्णले शारीरिक सुगठन प्रतियोगिता आयोजनासंगै युवायुवतीलाई लागुऔषधको कुलतबाट जोगाउन सचेतना कार्यक्रम समेत गर्न लागिएको जानकारी दिए । ‘पछिल्लो समय युवाहरु लागूऔषध दुव्र्येसमिा लागेको पाइयो,’ उनले भने, ‘कुलतबाट जोगाउन यस्तो कार्यक्रमसँग प्रतियोगिा गरेका छौं ।’ उनले आउँदो असोज १९ गते गुद्री बजारको बी.प्लटमा लागुऔषध प्रयोग बिरुद्धको सचेतना मुलक कार्यक्रम समेत गरिने बताए ।
असोज २८ गते स्थानिय वीरेन्द्र सभागृहमा बडिबिल्डीङ प्रतियोेगिता हुने महासचिव नविन विक्रम शाहले जानकारी दिए । ५५ देखि ७५ केजीसम्म विभिन्न ५ वटा तौल समुहमा हुने प्रतियोगितामा जिल्लाका जोकोहिले पनि सहभागिता जनाउन पाउने बताइएको छ ।
शारीरिक सुगठन प्रतियोगितामा बिजयी हुने पहिलोदेखि पाँचौसम्मलाई पुरस्कृत गरिने भएको छ । पहिलोदेखि पाँचौंसम्मलाई क्रमशः नगद ५१,३१,२१,१५ र १० हजारको पुरस्कार राशि प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा सहभागिता शुल्क नलाग्ने आयोजक समितिले जानकारी दिएको छ ।