पूर्वाञ्चल खबर
३९ औं राष्ट्रिय शिक्षा दिवस २०७५ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आज काठमाडौंमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका हुन् । प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा उत्कृष्ट बनेको एभरेष्टका प्रिन्सिपल टीकाराम पुरीले राष्ट्रिय शिल्ड, ध्वजा, उत्कृष्ट विद्यालयको प्रमाणपत्र सहित नगद दुई लाख रुपैयाँ ग्रहण गरे । यो सँगै उत्कृष्ट शिक्षाका लागि कुशल नेतृत्व प्रदान गरेको भन्दै प्रिन्सिपल पुरीले प्रधानमन्त्रीबाट प्रशंसापत्र समेत प्राप्त गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षमा भएको कार्यक्रममा माध्यामिक शिक्षा उत्तिर्ण परिक्षा (कक्षा १२) मा सामुदायिक तीन र संस्थागततर्फका तीन विद्यालयलाई पुरस्कृत गरिएको हो । प्रदेश १ बाट यो पुरस्कार पाउने एभरेष्ट एक मात्र बनेको छ । यस्तै कक्षा १० सम्मको माध्यामिक शिक्षामा सामुदायीक र संस्थागत तर्फका ६ वटा विद्यालय छनौटमा परेका हुन् ।
युरोप भ्रमणमा रहेका प्रिन्सिपल पुरी नेपाल सरकारका तर्फबाट प्रदान गरिने पुरस्कार ग्रहण गर्न भ्रमण छोट्याउँदै शुक्रबार नेपाल आइपुगेका हुन् । पुरस्कार ग्रहण पछि प्रिन्सिपल पुरीले भने,‘हामीलाई गुणस्तरीय शिक्षाका लागि कटिबद्ध रहन उर्जा थपिएको छ ।’ उनले गुणस्तरीय शिक्षा दिने अभियानको यो उपलब्धि सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शुभेच्छुक र सम्पूर्ण सरोकार राख्ने पक्षको सहयोगबाट मात्र सम्भव रहेको बताए ।
प्रधानमन्त्री ओलीबाट राष्ट्रिय पुरस्कार ग्रहण गर्दै एभरेष्ट प्रिन्सिपल पुरी
एभरेष्टलाई राष्ट्रिय पुरस्कार
विराटनगर । देशभरबाट उत्कृष्ट बन्न सफल विराटनगर– ६ मा रहेको एभरेष्ट ईङ्गिलस बोर्डिङ स्कूलले राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।