पूर्वाञ्चल खबर
पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटक पटक हुँदा ग्यासको मूल्य बढेको थिएन । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गरिएको छ र नयाँ मूल्य आज मध्यरातिदेखि नै लागु भएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोलमा १, मट्टितेल र डिजलमा ३÷३ तथा खाना पकाउने एलपी ग्यासको मूल्यमा २५ रुपैयाँ बढेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय १२ तथा डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य १४ सय पुगेको छ। निगमले अन्तराष्ट्रिय बजारमा मूल्य बढेको भन्दै समायोजन गरेको जनाएको छ । मूल्य बढाएपनि संस्था अझै घाटामा रहेको निगमको भनाई छ ।