पूर्वाञ्चल खबर
वीपी कोइरालाको १ सय ४ औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस क्षेत्र नम्बर ६ ले आज विराटनगरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले पार्टीलाई आवश्यक परेको बेला असहयोग गर्ने नेता कार्यकर्तालाई कांग्रेसले प्रश्रय नदिने बताए । उनले गएको तीनै तहको निर्वाचनमा अन्तर्घातकै कारण पार्टीले धेरै ठाउँमा पराजित हुनु परेको चर्चा गरे । नेता अन्तर्घातकै कारण धेरै स्थानमा कांग्रेसका उम्मेवारको हार भएको बताउँदै कोइरालाले संगठनमाथि घात गर्ने कार्यकर्ता छाडेर जाँदै पार्टीलाई फाइदा हुने प्रस्ट पारे । उनले अहिले नेता कार्यकर्ताहरुले वीपीका आदर्श र सिद्धान्तलाई भुल्दै गएकोमा चिन्तासमेत व्यक्त गरे ।
कम्युनिष्ट सरकारका कारण मुलुकमा प्रजातन्त्र अप्ठ्यारोमा परेको उनको भनाइ थियो । केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वीपीले आत्मसात गरेको आदर्श र सिद्धान्तलाई सँगै लिएर अगाडि बढे कांग्रेसको हार कहिल्यै नहुने ठोकुवा गरे । वीपीले देखाएको बाटो कांग्रेस अझैसम्म पनि हिंड्न नसकेको संग्रौलाले बताए ।
मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले केन्द्रदेखि गाउँ तहका नेता कार्यकर्ताहरु एकजुट भएर पार्टीको संगठन सुदृढीकरणमा लाग्नु पर्नेमा जोड दिए । विचार गोष्ठीमा कांग्रेसका तर्फबाट प्रदेश नम्बर एकका प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश सांसद चुमनारायण तबदार, शान्ता पौडेल, विन्ध्या कार्की, महासमिति सदस्य वासु कोइराला, भक्ति सिटौलालगायतले वीपीले प्रतिपादन गरेको सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।