पूर्वाञ्चल खबर
पानीको मुहान बचाउनु पर्ने निर्णयका साथ राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघको प्रदेश नं १ स्तरिय भेलामा बोल्दै मन्त्रीले यस्तो बताएका हुन् । मन्त्री घिमिरेले समृद्धिको पहिलो आधार कृषि भएकाले यस्को उत्पादन वृद्धि गर्न आधुनिक र व्यवसायीक प्रविधिका साथै सिंचाईको समुचित प्रयोग गर्न आव्हान गरे ।
भेलाले पानीको मुहान क्षेत्र वचाउनका लागि तीन किलोमिटर क्षेत्रमा दिगो वृक्षरोपण गर्नु पर्ने, सिंचाई जल उपभोक्ता किसानलाई कृषि, सिचाई, सहकारीमा पहुच पु¥याउदै खाद्य सुरक्षा वढाउन उत्प्रेरित गर्नु पर्ने तथा सिंचाईको दिगो व्यवस्थापनमा जोड दिनुका साथै सिचाई सुविधालाई प्रभावकारी वनाउन जल उपभोक्तासंस्था वीच समन्वय कायम गर्ने निर्णय भएको छ ।
राष्ट्रिय सिचाई जल उपभोक्ता महासंघका प्रदेश अध्यक्ष सन्तोष साह, राष्ट्रिय जल उपभोक्ता सिचाई महासंघका निवर्तमान अध्यक्ष रामप्रसाद मेहता , महासंघकी उपाध्यक्ष गंगा पोखरेलले मुलुकको समृद्धिका लागी सिंचाईको पहुच सवैतिर पु¥याउनुपर्नेमा जोड दिए । भेलामा एक नम्वर प्रदेशका १४ वटा जिल्लाका ७० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमा सहभागीहरुले सहज रुपले सिचाईका लागी वाहिरवाट आउने वाटरपम्म लगायतका कृषिका आधुनिक औजारमा भन्सार दर परिमार्जन गर्नु पनेर्, जल उपभोक्ता महासंघलाई प्रभावकारी वनाउन वजेट उपलव्ध गराउनुपर्ने तथा जल उपभोक्तासंग आवद्ध सदस्यहरुलाई शिपमुलुक तालिमका व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।