RUMPUM
animated ellipse animated ellipse

मेयर पराजुलीको तलब शोकाकुल परिवारलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ भाद्र २०७५, मंगलवार २१:०९
3
Shares
फाइल तस्वीर
विराटनगर / हत्या गरि मारिएका टंक भट्टराईको परिवारलाई विराटनगर महानगरका मेयर भीम पराजुलीले परिवारलाई ५० हजार रुपैया प्रदान गरेको छ ।

मेयर पराजुलीका आमा तुलसीमाया र श्रीमती रन्जिता पराजुलीले आज पिडित परिवारलाई भेटी उक्त रकम प्रदान गरेका हुन् । सो रकम मेयर पराजुलीले केही दिन अगाडी मृतकका परिवारलाई दिने घोषणा गरेका थिए । पराजुलीले नीजि तलव तथा बैठक भत्ताबाट आएको रकमबाट कटौती गरी परिवारमार्फत उक्त रकम प्रदान गरेका हुन् । सेक्यूरिटी गार्डको काम गर्दे आएका भट्टराईको गत भदौ २ गते निर्ममता पूर्वक हत्या भएको थियो । रातीको समयमा डिउटीमा बसेका बेला विराटनगर स्थित विजुली अफिस छेउको हार्डवेवरमा उनको शब फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर