AArya
RUMPUM
animated ellipse animated ellipse

काबरा ग्रुपको चाउँचाउ बजारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० भाद्र २०७५, आईतवार १८:००
3
Shares
विराटनगर / काबरा ग्रुपले क्वालिटी नूडल्स्ले चाउँचाउ बजारमा ल्याएको छ ।

ग्रुपले ‘रोमियो’ र ‘ज्याकपट’ नाम गरेको चाउँचाउ विराटनगरमा आज एक कार्यक्रम आयोजना गरि बजारमा ल्याएको हो । काबराले यस अघि नै ‘निकनक’ चाउँचाउ बजारमा ल्याइसकेको छ । ‘रोमियो’ चाउचाउ ७० ग्रामको रहेको छ भने ‘ज्याकपट’ ५५ ग्रामको चाउँचाउँ बजारमा ल्याएको हो । १५ रुपैयाँमा रोमियो चाउँचाउ खरिद गर्दा ‘क्वालिटी ग्रुपले नै उत्पादन गरेको ‘कान्छा चोकोकिड्स’ चाउचाउको प्याकेट भित्र रहेने संचालक श्याम काबराले जानकारी दिए । ज्याकपट चाउचाउ १५ रुपैयाँमा खरिद गर्दा एक पिस ठूलो चकलेट राखेको काबरा ग्रुपले जनाएको छ । बजारमा आएको चाउँचाउ चिकेन र भेज दुवै प्रकारको रहेको छ ।

बजारमा ल्याएको काबरा ग्रुपको क्वालिटी नूडल्सको शुभराम्भ काबरा गु्रपका संरक्षक गणपतलाल काबराले गरे । करिब ७० करोड लगानीमा क्वालिटी नूडल्स बजारमा ल्याएको संचालक श्याम काबराले जानकारी दिए । मोरङको बुढीगंगा गाउँपालिकाको हात्तिमुडामा रहेको उक्त उद्योगबाट दैनिक २० हजार कार्टुन चाउचाउ उत्पदान गर्ने बताइएको छ ।

काबरा ग्रुपले ३३ वर्ष अघि बिस्कुट उद्योगबाट आफनो व्यवसायी सुरु गरेको हो । ग्रुपले अहिले टेस्टी टेस्टी, बनबन, थिन आरारोट, गाई छाप ग्लुकोज, मर्निङ टच, डाइजेस्टिभ जस्ता विस्कुट उत्पादन गर्दै आएको छ । त्यस्तै चकलेट र स्न्याक्सहरु समेत बजारमा ल्याएको काबरा ग्रुपले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर