AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शान्ति सुरक्षा मजबुत बनाउन मोरङ कांग्रेसको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ भाद्र २०७५, बिहीबार २१:४१
3
Shares
विराटनगर / शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नेपाली कांग्रेस मोरङले माग गरेको छ ।

विराटनगरसहित मोरङको शान्ति सुरक्षा कमजोर भएको भन्दै मोरङ कांग्रेसले प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाएको छ । पछिल्लो समय विराटनगरमा बम विस्फोट र हत्या हिंसाका घटना बढ्दै गएको भन्दै मोरङ कांग्रेसले आज मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ज्ञापनपत्र बुझाएको हो । कांग्रेसले विराटनगर महानगरपालिकाभित्र बम विस्फोट भएको दुई हप्ता बित्न लाग्दा पनि दोषीलाई पक्राउ गर्न नसकेकोमा आपत्ति जनाएको छ । जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन कांग्रेसले माग मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले माग गरे ।

सभापति लिम्बूले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति नदिलाए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए । “शान्ति सुरक्षा एकदमै कमजोर भएको छ,” लिम्बूले भने, “शान्ति सुरक्षा मजबुत नबनाएसम्म कांग्रेसले खबरदारी गरिरहन्छ ।” मोरङको जाँतेस्थित श्रीमाविमा विषादी हाल्नेलाई अहिलेसम्म पक्राउ गर्न नसक्नुले प्रहरीप्रतिको जनताको विश्वास गिर्दै गएको ज्ञापनपत्रमा उल्लेख छ ।

विराटनगर–४ का सुरक्षागार्ड टंक भट्टराईको हत्यारालाई तत्काल पक्राउ गर्नुपर्ने, रात्रीकालीन सुरक्षा गस्ती बढाउनुपर्नेलगायतका माग राखेर कांग्रेसले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रलाई बेवास्ता गरे सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले बताए । विराटनगरमा भएका पछिल्ला आपराधिक गतिविधिले आमजनतामा मनोवैज्ञानिक त्रास उत्पन्न भएको मोरङ कांग्रेसका सचिव मोदराज घिमिरेले बताए । साउन लागेपछि विराटनगरमा २ जनाको हत्या भइसकेको छ । ज्ञापनपत्र बुभ्mदै प्रजिअ केसीले जनताको जिउधनको सुरक्षा गर्न प्रहरी प्रशासनले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर