पूर्वाञ्चल खबर
विराटनगरस्थीत मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णाय गरेको हो ।
पाँचथरको छथर र तेह्रथमुको कुम्बायक गाउँपालिका क्षेत्रको विभन्न स्थानमा सुख्खाग्रस्त क्षेत्र देखिपछि यसको वस्तुस्थीति बुझन मन्त्री आङ्बो नेतृत्वमा पाँच सदस्य कार्यदल गठन गरेको प्रदेशको १ को अन्तरिक मामिला तथा कानुन मन्त्री एवंम प्रदेश सरकारको प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । कार्यदलमा प्रदेश सभाको २ जना सदस्यसहित, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद व्यवस्थापन हेर्ने प्रमुख र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक जना कर्मचारीको उक्त कार्यदलमा रहने कार्कीले बताए ।
त्यस्तै प्रदेशको आवधिक योजना तर्जुमा सम्बन्धी अवधारण पत्रसमेत स्वीकृत गरिएको मन्त्री कार्कीले बताए ।