AArya
RUMPUM
animated ellipse animated ellipse

भत्किएको लोहन्द्रामा पुल बनाउँछौं –उर्जामन्त्री पुन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ भाद्र २०७५, बुधबार १७:५७
3
Shares
विराटनगर / उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन अनन्तले मोरङको लोहन्द्रा खोलाले गत वर्ष बगाएको सिंचाई नहरसहितको पुलको आज स्थलगत अवलोकन गरेका छन् ।

पुल बगाएपछि मोेरङको कसेनी र सिसवनीबीचको सडक सञ्जाल अझै जोडिन सकेको छैन भने मोरङ जिल्लाको आधाजस्तो कृषि भूमिमा सिंचाई सुविधा टुटेको छ । स्थलगत अनुगमन निरीक्षण पछि मन्त्री पुनले यसै वर्ष पुल निर्माणको काम अघि बढाउने आश्वासन दिए । उनले यहि आर्थिक वर्षमा ठेक्का लगाउने स्थानीयलाई जानकारी दिए । सुनसरी मोरङ सिंचाई योजना अन्तरगत रहेको सो पुल जनताको आवतजावतसंगै खोलामाथिबाट पानी लैजाने दुई प्रयोजनबाट उपयोग भइरहेको थियो । त्यसको पुर्ननिर्माणमा सरकारले सहयोग गर्ने उनले बताए ।

मोरङ निर्वाचन क्षेत्र नम्वर ४ का सांसद अमनलाल मोदीको नेतृत्वमा स्थानीयले मंगलवार प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै सिंचाई र यातायात सेवा सूचारु गराउन माग गर्नुभएको थियो । प्रधानमन्त्रीकोसमेत आग्रहमा उर्जामन्त्रीले स्थलगत निरीक्षण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर