पूर्वाञ्चल खबर

ग्यासको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले काँधमा सिलेन्डेर बोकेर कुधनुपर्ने समस्या अब अत्यन हुदै गएको बताए । ‘३२ घर परिवारले अब काँधमा सिलेन्डर बोकेर कुदनुपर्ने समस्या हटेको छ,’ प्राधनमन्त्री ओलीले भने, ‘छोटो समयभित्र यही प्लानबाट अरु ४८ घर–घरमा गोबर ग्यास पुग्दैछ ।’ यसिर सिलेन्डरको डल्ला चाहिदैन भन्दै विदाइ गरिनुपर्ने उनले बताए । उनले यतिमै मात्र यस्तो प्लान सिमित नभएर भन्दै स्याङजा, तनुमा, कास्कीको जिल्लामाहरुमा समेत प्लान्टको तयारीमा भइरहेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले फोहरलाई समस्यामा होइन सम्पतीमा बदलेर विभिन्न फाइदा लिनुपर्ने बताए । उनले राष्ट्रिय निमार्णको संकल्प बोकेर अगाडी बढनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले उद्योगी व्यापारीहरुलाई चार कुरामा लागनी गर्न सुझाब दिए । उनले उत्पादन, रोजगारी, आत्मनिर्भरता बढाउने कुरामा लगानी गर्न आग्रह गरे ।