पूर्वाञ्चल खबर
नेपाल विधार्थी संघ इस्टर्न कलेज अफ ईञ्जिनियरिङ इकाई कमिटिले आयोजना गरेको व्याच्लर्स कप फुटबल प्रतियोगिताको आज भएको फाईनल खेलमा पथरी वहुमुखि क्याम्पसलाई ४–१ फराकिलो गोल अन्तरले पराजित गदै सुकुनाले उपाधि हात पारेको हो ।
सोमवार सम्पन्न फाईनल खेलको एक्स्ल्पोजन म्यान अफ द फाइनल सुकुनाका मौसम लिम्वु भए भने प्रतियोगिताको उत्कृष्ट गोल किपर पथरी वहुमुखीका मनोज गुरुङ, उत्कृष्ट डिफेण्डर सुकुनाका क्याप्टेन महेन्द्र कार्की र प्रतियोगिताभर व्याक्तिगत ७ गोलको योगदान गरेका सुकुनाका सुरेश राई उच्च स्कोरर भए ।
विराटनगर महानगरका मेयर भीम पराजुली, ने.वि.संघका केन्द्रीय सह–महामन्त्री कृष्ण कार्की, पूर्वाञ्चल विश्वविद्यालयका डिपुटि कन्ट्रोलर तेजराज गिरी इष्टर्न कलेजका प्रिन्सिपल ई. अमित सुराना, मोरङ जिल्ला फुटवल संघका उपाध्यक्ष विमल राजभण्डारी, नेपाल तरुण दलका उपाध्यक्ष खेम थापालगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।