AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यालय जान थाले बिरामी विद्यार्थी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ भाद्र २०७५, आईतवार १९:३७
3
Shares
विराटनगर / विषादी मिसाएको पानी खाएर बिरामी परेका मोरङको लेटाङ ९ स्थित श्री माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आजदेखि विद्यालय जान थालेका छन् ।

उपचार गराएर स्वास्थ्य अवस्था ठिक भएपछि विद्यार्थी विद्यालय आउन थालेको प्रधानाध्यापक खेमराज दुलालले बताए । गत मंगलबार विद्यालयको खानेपानी ट्यांकीमा किटनाशक औषधि हालेको पत्ता लागेको थियो । विषादी हालेको पानी पिउँदा २८ जना विद्यार्थी बिरामी परेका थिए । उनीहरुको उर्लाबारी स्थित मंगलबारे अस्पताल र विराटनगर स्थित नोवेल मेडिकल कलेज तथा लाईफगार्ड अस्पतालमा उपचार गरिएको थियो ।

विषादी हालेको पानी पिउँदा विद्यार्थी बिरामी परेपछि विद्यालयमा पठन पाठन अनिश्चित कालका लागि बन्द गरिएको थियो । आजबाट विद्यालय संचालन गरिएको दुलालको भनाइ छ । विद्यालयमा कक्षा १ देखि १२ सम्म चार सय ९१ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको खानेपानी ट्यांकीमा विषादी हालेको लामो समय भइसक्दा पनि घटनाका दोषीको भने पहिचान हुन सकेको छैन ।

प्रहरीले घटनाको छानविन र अनुसन्धानका लागि भनेर मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाको नेत्रृत्वमा पाँच सदस्यीय छानविन समिति पनि गठन गरेको छ । डीएसपी थापाले प्रहरीले गम्भीर रुपमा अनुसन्धान गरिरहे पनि दोषीको पहिचान भने भइनसकेकेको बताए । ‘मानविय क्षति पु¥याउने हिसावमा गरिएको यत्रो ठूलो घटनाका विषयमा सबै कोणबाट अनुसन्धान गरिरहेका कारण ढिलो चाँडो दोषी पत्ता लगाएरै छाडिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर