AArya
RUMPUM
animated ellipse animated ellipse

न्यूरोमा अत्याधुनिक सुविधा सम्पन्न डेन्टल सेवा सञ्चालनमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ भाद्र २०७५, आईतवार १९:२३
3
Shares
विराटनगर / विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टि स्पेशियालिटि हस्पिटलमा अत्याधुनिक सुविधा सम्पन्न डेन्टल सेवा सञ्चालनमा आएको छ ।

विराटनगरको महेन्द्र चौकमा संचालनमा रहेको न्यूरोले तुलसा मदर एण्ड चाइल्ड अस्पताल भित्र अत्याधुनिक सुविधासम्पन्न डेन्टल सेवा सुरु गरेको हो ।
हस्पिटलले आज एक कार्यक्रम आयोजना गरि उक्त सेवा सुरु गरेको छ । मुख तथा दन्त रोग सम्बन्धी सम्पूर्ण सेवा एउटै छानामुनि सेवा प्रदान गर्ने उद्देश्यले डेन्टल सेवा सुभराम्भ गरेको अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

‘दन्तसम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट प्रदान गर्न यस्तो सेवा सुरु गरेको हो,’ अपरेशनल डाइरेक्टर भट्टराईले भने, ‘अत्याधुनिक उपकरणहरुबाट विशेषयज्ञ चिकित्सवहरुबाट उपचार हुनेछ ।’ उनका अनुसार पहिलो प्रराम्भिक चरणमा ४० लाख रुपैयाँ खर्चमा डेन्टल सेवा सुरु गरेको भट्टराईले जानकारी दिए ।
डेन्टल सेवामा प्रदान गर्न डा. सुधिर श्रेष्ठ, डा.मनोज सरदार, डा. रविन आचार्य, डा. रोजिना शाक्यलगयाले प्रदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर