AArya
RUMPUM
animated ellipse animated ellipse

मुक्ति कृषि सहकारीको अध्यक्षमा पुनःआचार्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ भाद्र २०७५, शनिबार २०:०१
3
Shares
विराटनगर / मोरङको कानेपोखरीस्थित मुक्ति कृषि सहकारी संस्थालि.को चौथो साधारणसभाबाट अर्जुनकुमार आचार्य अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

आज सम्पन्न साधारणसभाबाट उपाध्यक्षमा अविनारायण लुईटेल, सचिवमा युवराज कोइराला, कोषाध्यक्षमा गीता श्रेष्ठ चयन भएका छन् । अन्य सदस्यहरुमा पदमप्रसाद दाहाल, लोकनाथ फुयाल र युवराज लुईटेल रहेका छन् । ४९ जना शेयर सदस्य रहेको कृषि सहकारीले दूध संकलन तथा विक्रीको काम गर्दै आएको छ । साधरण सभाको अवसरमा वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष आचार्यले १ करोड बराबरको वार्षिक कारोबारको तथ्यांक प्रस्तुत गरे । २ लाख ४० हजार शेयर पूँजी रहेको कृषि सहकारीको वार्षिक आम्दानी २ लाख ८५ हजार ९ सय ४१ रुपैयाँ रहेको छ । ४ वर्ष अघि स्थापना भएको सहकारीको स्थिर सम्पत्ती ८ लाख १६ हजार रुपैयाँ बराबरको रहेको प्रतिवेदनमा उल्लेख छ । सहकारीले आगामि दिनमा किसानको हित र कृषि क्षेत्रको आधुनिकी करणका लागिपहल गर्ने अध्यक्ष आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर