AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी विद्या मन्दिरमा विज्ञान प्रदर्शनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ श्रावण २०७५, शुक्रबार २०:२५
3
Shares
विराटनगर / विराटनगर– १० मा रहेको कोशी विद्या मन्दिर स्कूलमा विज्ञान प्रदर्शनी, ग्रीन डे,लगायत विद्यार्थी उत्प्रेरणा कार्यक्रमहरु सम्पन्न भएका छन् ।
शुक्रबार स्कूल प्राङ्गमा भएको कक्षा चार देखि कक्षा नौ सम्मका विद्यार्थीहरुले अनौठा विज्ञान सामाग्रीहरु प्रदर्शन गरेका थिए । कक्षा र्नाै मा अध्ययनरत गोविन्दमोहन शाहको समुहले फयर अलार्म, ब्लाइन्ड स्टीक र थेप्ट अलार्मको प्रदर्शनी गरे भने कक्षा सातका युनिक पोखरेल नेतृत्वको समूहले प्रोजेक्टर बनाएर प्रदर्शनी रेका थिए ।प्रदर्शनीमा वाटर बोट, हेलिकोप्टर, रोबोट आदि निर्माण गरी राखिएको थियो । त्यसैगरी प्रिप्रमइपरी कक्षाका नानीहरुलाई हरियो रंगको परिचय र महत्व बुझाउन ग्रीन डे को कार्यक्रम आयोजना गरेका थिए । मन्टेश्वरीको – अर्डिनेटर नविता दासका अनुसार बालबालिकालाई मनोरञ्जनात्मक शैलीबाटै गहन ज्ञानको अवधारणा विकसित गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने हुनाले विद्यालयले पनि यस्ता कार्यक्रममा जोड दिँदै आएको छ । कक्षा दशका विद्याथीहरुलाई प्रचलित अन्धविस्वास र तीनका बैज्ञानिकताबारे पूर्वविद्यार्थी राकेश रोय र टीना मानन्धरले उत्प्रेरणको कार्यक्रम सञ्चालन गरे ।

प्रत्यक्ष जीवनमा वैज्ञानिक अभ्यासको अनुभव जुटाउनु विद्यालयको सहरानीय कार्य भएको भन्दै सहभागी विद्यार्थीहरुले यसलाई व्यवहारिक शिक्षाको उत्कृष्ट नमूना भएको बताए । विश्वव्यापीकरणले निम्त्याएको प्रतिस्पर्धात्मक संसारमा यस्ता प्रयोगात्मक अनुभवले विद्यार्थीहरुलाई सक्षम जीवन जीउन सघाउने भएकोले सबै विद्यालयले विद्यार्थीहरुमाझ यस्ता कार्यक्रम ल्याउनु जरुरी रहेको विद्यालयका प्रिन्सिपल धीजनबाबु काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर