AArya
RUMPUM
animated ellipse animated ellipse

कोलीफर्म भेटिएको पानी जफत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ श्रावण २०७५, शुक्रबार १९:४५
3
Shares
विराटनगर / विराटनगरको बजारमा छ्यापछ्याप्ती रहेको ‘कोलीर्फम’ भेटिको पानी आज दिउँसो जफत गरिएको छ । क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले बजार अनुगमन गरि दिसामा पाइने हानिकारक जिवाणु कोलीफर्म भेटिएको पानी जफत गरिएको हो ।

कोलीफर्म भेटिएको विभिन्न उद्योगले उत्पादन गर्ने पानी अनुगमन टोलीले जफत गरेको छ । पानीमा कोलिफर्म भेटिएका उद्योगलाई तत्काल उत्पादन र विक्री वितरण बन्द गर्न प्रदेशको सामाजिक विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले निर्देशन दिए पनि उक्त निर्देशनको विपरीत ती पानी उद्योगहरुले पानी उत्पादन र विक्री वितरण गरिरहेको पाइएको छ । अनुगमनका क्रममा हाइमल उद्योग जल उद्योगको २४ लिटर, सितल जल उद्योग ४ सय ४७ लिटर, जोनसोन जल उद्योगको १ सय ९८ लिटर र श्रीजल उद्योगको २० लिटर गरि जम्मा ७ सय लिटर पानी बरामद भएको खाद्य निरीक्षक प्रेम अर्यालले बताए ।

अनुगमनका क्रममा गुणस्तर कार्यालय तथा सामाजिक विकास मन्त्रालयको निर्देशन नमान्ने उद्योगलाई थप कानूनी कारबाही गरिने खाद्य निरीक्षक अर्यालको भनाई छ । न्यूरो हस्पिटल छेउका विभिन्न ६ वटा पसल तथा फार्मेसी तथा कोशी अञ्चल अस्पताल आसपासका २ वटा औषधि पसलबाट उक्त पानी नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर