पूर्वाञ्चल खबर
बन्द अवस्थामा रहेको मिल सञ्चालन गर्ने प्रयास गर्नुपर्नेमा सञ्चालक समितिका पदाधिकारीहरु आधिकारिकताको विवाद झिकेर जुँगाको लडाइँमा उत्रिएका हुन् । समितिका सदस्यहरु दुई समूहमा विभाजित भएका छन् । समितिका अध्यक्ष बसन्त बन र सञ्चालक समिति सदस्य मुकुन्द नेपालबीचको विवाद बढेको हो । नेपालले आफुलार्इ अध्यक्ष भएको बताउदै आएका छन् ।
दुबै समूहले आफूहरुलाई आधिकारिक समिति भएको दाबी गर्दै आएका छन् । केही दिनअघि बिराटनगरमा मिल सञ्चालक समितिका अध्यक्ष दाबी गर्ने बसन्त बनले पत्रकार सम्मेलन गरी आफू आधिकारिक अध्यक्ष भएको दाबी गरेका थिए । त्यसको एक साता बित्न नपाउँदै आज सञ्चालक समिति सदस्य मुकुन्द नेपाल समूहले पत्रकार सम्मलेन गरेर आफू आधिकारिक भएको दाबी गरेको छ ।