पूर्वाञ्चल खबर
रगतको अभाववाट कसैको पनि जीवनमा समस्या नआओस भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरेको आमा समुहकी अध्यक्ष कमला रिजालले जानकारी दिइन् । कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले समेत रक्तदान गरेका छन् । मेयर पराजुलीनै रक्तदान कार्यक्रममा सहभागी भए पछि स्थानीयहरु अझ उत्साहित भएका थिए ।
रक्तदान जीवनदान भन्ने नारा सहित गरिएको कार्यक्रममा ३९ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा विराटनगर १ का वडाध्यक्ष उद्धव अर्याल,जेष्ठ नागरिक हकहित संरक्षण मञ्चका सचिव शिव कुमार भट्टराई लगायतको सहभागिता रहेको थियो ।