AArya
RUMPUM
animated ellipse animated ellipse

तालमा डुबेर तीन बालक बेपत्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ श्रावण २०७५, शनिबार १९:४५
3
Shares
सोलुखुम्बु / सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका ४ मा रहेको गोकियो तालमा पौडी खेल्ने क्रममा तीन जना बालक डुबेर बेपत्ता भएका छन् ।

स्थानीय खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएका तीन जना विद्यार्थी बेपत्ता भएको प्रदेश नम्बर १ को प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

तालमा डुवेर बेपत्ता हुनेमा खुम्जुङ गाउँपालिका ५ का १७ वर्षिय पेम्बा दोर्जे शेर्पा, वर्ष १६ का पेम्बा नुरु शेर्पा र सुनिल बराईली तालमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । बेपत्ता भएकाहरुको स्थानीय र प्रहरीको टोली मिलेर खोजी कार्य भइहरको प्रहरीले जनाएको छ । उक्त विद्यालयका शिक्षक छुङजिङ दोर्जे शेर्पा, रन्जित बल र १ जना कार्यालय सहयोगी सहित कक्षा ९ मा अध्ययनरत ३२ जना बिद्यार्थीहरु शुक्रबार शैक्षिक भ्रमणमा गोकियो ताल अवलोकन गर्न गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर