AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका कलेजहरुले उत्कृष्ठ नतिजा ल्याएको दाबि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ श्रावण २०७५, शुक्रबार १९:१६
3
Shares
विराटनगर / राष्ट्रिय परिक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विराटनगरका उच्च माध्यमिक कलेजहरुले उत्कृष्ठ नतिजा ल्याएको दाबि गरेका छन् । विराटनगरमा सञ्चालित उच्च माध्यमिक विद्यालयहरुले उत्कृष्ठ नतिजा ल्याएको दाबि गरेका हुन् ।

विराटनगरको एभरेष्ट स्कुलबाट १८ जनाले ए प्लस, ५० जनाले ए, ४३ जनाले बी प्लस, र ३ जनाले बि प्लस ल्याएको स्कुलले दावि गरेको छ । स्कुलका आगत पोखरेलले ३.८५ जिपिए ल्याएका छन् ।

६ सय ४ विद्यार्थी सहभागि मेरिल्याड स्कुलबाट २६ जनाले ए प्लस, ३७१ जनाले ए र १६३ जनाले बि प्लस ल्याएको प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए । मेरील्याण्डबाट अदिति पोखरेलले ३.८४ जिपिएस सहित स्कुल टप गरेकी छन् ।

त्यस्तै विराटनगरको शिक्षादिप उच्च माध्यमिक विद्यालयले पनि उत्कृष्ठ नतिजा ल्याएको छ । विद्यालयका प्रिन्सिपल ज्ञानबहादुर खडकाका अनुसार ८ सय १९ विद्यार्थी सहभागि भएका थिए । विज्ञान तर्फ ९७ प्रतिशत, व्यावस्थापन तर्फ, ९३ प्रतिशत उत्तीर्ण भएको उनले जानकारी दिएका छन् ।

त्यस्तै ३ सय ४८ जना विद्यार्थीले परीक्षा दिएको भानु प्लस उच्च माबिबाट ३३८ विद्यार्थी उत्तीर्ण भएका छन् । स्कुलका कोअर्डिनिेटर आरसी कोइरालाका अनुसार १७ विद्यार्थीले ए प्लस, १२६ जनाले ए ल्याएका हुन् ।

त्यस्तै अरनिको उमाबिबाट विज्ञान र होटल व्यावस्थापन तर्फ ६९८ विद्यार्थी सहभागि भएका थिए । स्कुलका प्रिन्सिपल राजेश कार्कीका अनुसार उमाबिले उत्कृष्ठ नतिजा ल्याएको छ ।

त्यस्तै कोबास उमाबिलेपनि उत्कृष्ठ नतिजा ल्याएको छ । प्रिन्सिपल सुनिल श्रेष्ठका अनुसार सहभागी विद्यार्थी मध्ये ९६ प्रतिशत विद्यार्थी उत्तीण भएका छन् ।
४०१ विद्यार्थी सहभागि लडबुद्ध उमाबिबाट ५ जनाले ए प्लस सहित ९६ प्रतिशत विद्यार्थी उत्तीण भएको प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए ।

अर्किड स्कुल विराटनगरबाट सहभागि ३८५ विद्यार्थी सहभागि थिए । सहभागि मध्ये १२ जनाले ए प्लस, २०० जनाले ए ल्याएको प्रिन्सिपल दिपेश बास्तोलाले जानकारी दिए । कान्तिपुर कलेजले ५ जनाले ए प्लस सहित ९६.२ प्रतिशत विद्यार्थी उत्तीण भएको प्रिन्सिपल सन्तोष भगतले जानकारी दिए ।

विराटनगरको ग्रिनल्याण्ड, युरोकिड्सलगायत प्लस टुहरुले पनि उत्कृष्ठ नतिजा ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर