पूर्वाञ्चल खबर
खुम्बुवान राष्ट्रिय मोर्चा पार्टी नेपाल मोरङले प्रदेश नम्बर १ को मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेका हुन् । मुक्ति मोर्चाको केन्द्रीय सह–सचिब राजुदेव राई, पार्टीको प्रवक्ता रडेन्द्र तीम्म्राहार, जिल्ला अध्यक्ष दिलाराम राईसहित उपस्थिती भएर मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सचिवालयमाफर्त मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझाउँदै पार्टीको केन्द्रीय सह–सचिब राजुदेव राईले प्रदेशको राजधानी र नामकन तोक्न प्रदेर सरकाले ढिलाइ गरेको भन्दै उनले जातिय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामकन राख्नुपर्ने बताए । उनीहरुले प्रदेशको राजधानी ‘नामसाम’ घोषणा गर्न समेत माग गरेका छन् । त्यस्तै अनियन्त्रित रुपमा बजारमा हरेक सामानमा बढेको मुल्यवृद्धी तत्काल फिर्ता गरि दिगो व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गरेका छन् । संघिय, प्रदेश र स्थानिय सरकारबाट लागू गरिएको अनियन्त्रित दोहोरो करहरु तत्काल खारेज गर्न उनीहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेखछ ।