AArya
RUMPUM
animated ellipse animated ellipse

पहिलो एकदिवसीय क्रिकेट खेलमा नेपाललाई १ ९० रनको लक्ष्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ श्रावण २०७५, बुधबार १८:४१
3
Shares
विराटनगर /पहिलो एकदिवसीय क्रिकेट खेलमा नेपाललाई नेदरल्यान्ड्सले १ सय ९० रनको विजय लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४७ ओभर ४ बलमा सवै विकेट गुमाउँदै १ सय ८९ रनको सामान्य योगफल तयार पारेको छ ।

नेदरल्यान्ड्सका लागि मिचेल रिप्पोनले ७६ बलमा ५१ रन जोडेका थिए । यस्तै स्टेफेन माइबर्गले २९, बास डे लिडेले ३०, बेन कुपरले २० र स्कट एडवाड्सले १८ रन बनाए ।
नेपालका कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै एक्लैले ४ विकेट लिए । खड्काले १० ओभर बलिङ गर्दै २६ रन दिए । यस्तै सोमपाल कामीले ३ विकेट हात पार्दा सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले समान १–१ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर